विश्वकै प्रभावशाली कोच नरबहादुर कार्की सुर्खेतमा

सुर्खेत, १४ फागुन ।
विश्वकै प्रभावशाली कोच नरबहादुर कार्कीले सुर्खेतबाट वालविवाह मुक्त अभियान थाल्नु भएको छ ।
नेपालमा पूर्ण खोप र वर्थिङ सेन्टर स्थापना अभियानका अभियन्ता उहाँले अव नेपाललाई वालविवाह मुक्त गर्नको लागि सुर्खेतबाट अभियान थाल्नु भएको हो ।
संसार भरीका मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिदै आउनु भएका उहाँले फागुन १५ र १६ गते वीरेन्द्रनगरमा १ हजार २ सय जनालाई प्रशिक्षण दिने हुनु भएको छ ।
कार्यक्रमको लागि कार्की र उहाँको समुह सुर्खेतको वीरेन्द्रनगर आइपुगको छ । सुर्खेतबाट सुरु हुन लागको यो अभियानलाई कार्कीले नेपाललाई सन् २०२० भित्र बालबिबाहरहित देश बनाउने महाअभियानको संज्ञा दिनु भएको छ ।
यो अभियानलाई जोडिन उहाँले राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी लगायत समाजका अगुवाहरुलाई आग्रह गर्नु भएको छ ।
महिला तथा वालबालिका कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा सुर्खेतका सवै गाविस र नगरपालिकाबाट सहभागी हुने सालकोट गाविसका सचिव तिलकराम अधिकारीले बताउनु भयो ।
कार्यक्रममा राजनीतिका दल, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक अगुवा, गाविस सचिव, गाउँ÷नगर वालसंजालका प्रतिनिधी, प्रहरी, बाल क्लवमा आवद्धहरुको सहभागीता हुने बताएको छ ।
अनावश्यक पीडा लिएर किन बाँच्ने, यसका विकल्पहरु छन, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवनका कथाहरु पुर्नलेखन गर्न सकिन्छ भन्ने मान्यता कार्की राख्नु हुन्छ ।
उहाँले जीन्दगीलाई कसरी स्वतन्त्रता बनाउने र शक्ति र उमंग थप्ने विषयमा प्रशिक्षण दिदै आउनु भएको छ ।
विश्वकै प्रभावशाली कोच कार्की अहिलृ अफगानिस्तानमा प्रशिक्षण दिदै हुनुहुन्छ ।
पूर्ण खोप अभियानका अभियन्ता कार्कीकै पहलमा सरकारले ५ वर्षअघि अछामको भागेश्वर गाविसबाट पूर्ण खोप अभियानको सुरुवात गरेको थियो ।
उहाँकै सक्रियता र पहलमा नेपालमा वर्थिङ सेन्टरको सुभारम्भ पनि भएको थियो ।
ग्रामिण भेगमा महिलाहरु घर, गोठ खेतमा सुत्केरी हुने गरेपनि उहाँले वर्थिङ सेन्टरको स्थापना गर्नुपर्ने अभियान थाल्नु भएको थियो ।
अभियानकै कारण पछिल्लो समय वर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेहरुको संख्या बढेको र मातृमृत्यु दर पनि घटेको छ । सुरुमा नवलपरासीबाट सुरु भएको वर्थिङ सेन्टर अभियान अहिले नेपालभरीमै संचालनमा भएको छ ।

प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार ०८:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *