यसरी अघि बढ्यो नेपालमा वालविवाह मुक्तको महाअभियान

सुर्खेत, १५ फागुन ।
सुर्खेतबाट वालविवाह मु्क्तको महाअभियानको औपचारिक रुपमा सुरुवात भएको छ । विश्वकै प्रभावशाली कोच नरबहादुर कार्कीले आइतवार एक भव्य कार्यक्रमकावीच बीरेन्द्रनगरबाट वालविवाह मुक्तको महाअभियानको औपचारिक सुरुवात गर्नु भएको हो ।
नेपालमा पूर्ण खोप र वर्थिङ सेन्टर स्थापना अभियानका अभियन्ता उहाँले अव नेपाललाई वालविवाह मुक्त गर्नको लागि सुर्खेतबाट अभियान थालिएको बताउनु भयो ।
जिल्ला वाल कल्यान समिति सुर्खेतले आयोजना गरेको २ दिने कार्यक्रममा १ हजार ३ सय भन्दा बढीको सहभागीता रहेको बताएको छ ।
संसार भरीका मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिदै आउनु भएका कार्कीले यो महाअभियानले नेपाललाई सन् २०२० भित्र बालबिबाहरहित देश बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सुर्खेतका राजनीतिका दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक अगुवा, गाविस सचिव, गाउँ÷नगर वालसंजालका प्रतिनिधी, प्रहरी, शिक्षक, विद्यार्थी, समाजसेवी, बाल क्लवका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।
नेपाललाई छोरीहरुको सुरक्षित देश बनाउनको लागि महाअभियानमा जोडिन कोच कार्कीले राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी लगायत समाजका अगुवाहरुलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला अदालत सुर्खेतका न्यायधिश कैलाशप्रसाद सुवेदीले यो अभियानले वालविवाह रोक्नको लागि सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो ।
यस्तै सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले अभियानलाई गाउँ गाउँमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
बाल कल्यान अधिकृत प्रमेप्रकाश आचार्यले महाअभियानले देशभरी सकारात्मक सन्देश प्रवाह गर्ने दावी गर्नुभयो ।
पूर्ण खोप अभियानका अभियन्ता कार्कीकै पहलमा नेपालमा वर्थिङ सेन्टर निर्माणको अभिायन पनि सुरु भएको थियो ।

प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १७:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *