बच्चाको उपचारको लागि सहयोगको याचना

तस्वीर मध्यपशिचम क्षेत्रीय अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीको फेसवुकबाट ।

सुर्खेत, १६ फागुन ।
मेनिङगोमाइलो सिल रोगवाट पीडित सुर्खेतको नेटा गाविसका बालकलाई उपचारमा सहयोग गर्न आफन्तले आग्रह गरेका छन ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको उल्लेख गदै उनीहरुले उपचारमा सहयोग गर्न आग्रह गरेका हुन ।
पूर्ण रुपमा शरीरको विकास नभएकोले बालकमा मेनिङगोमाइलो सिल रोग लागेको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताउनु भयो ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा अहिले वच्चाको घाउको संक्रमणको उपचार भैइरहेको उहाँले जानकारी दिनुभयो ।
उपचार गरे निको हुने भएकोले नआत्तिन डा. केसीले आफन्तलाई आग्रह गर्नु भएको छ ।
जन्मेको तीन दिनमै उपचारको लागि अस्पतालमा ल्याएको उल्लेख गदै डा. केसीले बच्चालाई थप उपचारको लागि बीर अस्पताल काठमाडौमा पठाउन लागेको जानकारी समेत दिनुभयो ।
वच्चाको थप उपचारको लागि बीर अस्पतालमा कुरा गरिसके डा. केसीले भन्नुभयो अव भोली नै उपचारको लागि पठाउदै छौ ।
पुर्ण रुपमा शरीरको विकास नभएको ठाउँमा फोका हुन्छ र त्यो फोका फुटेपछि घाउ बन्छ आत्तिनु पदैन समयमै उपचार गरे ठिक हुन्छ उहाँले भन्नुभयो ।
कमजोर आर्थिक अवस्था भएको कारण बच्चाको उपचारको लागि आउन जान र त्यहाँ लाग्ने खर्च बाल अस्पताल लगायत विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन ।
वालकलाई उपचारको लागि सहयोग गर्न चाहाने व्यक्तिले ९८४८१०६८६५ मा सम्पर्क गर्न हुन समेत आफन्तले आग्रह गरेका छन ।

प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १६:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *