विश्वकै प्रभावशाली कोच नरबहादुर कार्कीको बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्रा । ( भिडियोसहित )

सुर्खेत, १८ फागुन ।
उहाँले कुनै समय चिया वेचेर जीवन निर्वाह गर्नु भएको थियो । सानो छदा शिक्षक वन्ने र घोडा चढने सपना थियो ।
स्टेट युनिभरसिटी अफ बंगलादेशबाट स्नातकोत्तर गर्नु भएका उहाँ सन २००७ देखि जागिरे जीवन त्यागेर स्वातन्त्रक उत्प्रेरक, सहजकर्ता र समाज रुपान्तरणको अभियन्ताको रुपमा काम गदै आउनु भएको छ । अहिलेसम्म झण्डै तीनलाख मानिसहरुलाई जीवन जीउने तरीका सिकाउनु भएको छ ।
उहाँले नेपालमा ठुल्ठुला सामाजिक अभियान पनि चलाउनु भएको छ । पूर्ण खोपयुक्त र बथिङ्ग सेन्टर निर्माणको अभियानपछि अहिले उहाँले बालविवाह रहित अभियान थाल्नु भएको छ ।
विश्वकै प्रभावशाली कोच कार्कीले विश्व स्वास्थ्य संगठनको परामर्श दाताको रुपमा पनि काम गर्नुभयो । गएको वर्षदेखि उहाँ युनिसेफको अन्तराष्ट्रिय परामर्शदाताको रुपमा द्वन्द्वबाट आक्रान्त मुलक अफगानिस्तानमा काम गदै आउनु भएको छ ।
सानैदेखि शान्त स्वभावका कार्कीले विना कारण दुई वर्षसम्म सार्वजनिक अपराधको मुद्धा खेप्नु भएको थियो । त्यो घटनाले उहाँ केही दिन प्रहरीको कस्टडिमा बस्नु भएको थियो । आफुले नगरेको अपराधमा अनावश्यक दुख पाउँदा नरमाइलो अनुभव गर्नु भएको थियो ।
विभिन्न अभियान चलाएर प्रशिद्धि कमाउने र नायक देखाउने कुनै अभिप्राय नभएको कार्की बताउनु हुन्छ ।

(पत्रकार प्रकाश पन्त र मानबहादुर ओलीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ००:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *