संर्घषपछिको सफलता(डिभियोसहित)

पढाईमा अव्वल
हिमा कुमारी उपाध्यायको जन्म २०४७ साल चैत्र ११ गते सुर्खेतको कल्याण गाविस ८ मा भएको थियो । निम्न वर्गिय परिवारमा जन्मे हुर्केकी उपाध्यायले आमाको एक्लो प्रयासले पढ्ने अवसर पाउनु भएको थियो । बाल्यकालमा छिमेकी गाविसको प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा हाँसिल गर्नु भएको थियो । उहाँ भन्नुहन्छ म सधैं प्रथम हुन्थें । कक्षा—२ मा प्रथम हुँदा मैले पुरस्कारबाट पाएको पैसाले घरमा भाले र एउटा पोथी कुखुरा किनेर पाले । किनकी आम्दानीको अन्य उपाय नभएकाले परिवारमा घर खर्च सञ्चालन गर्न र आफ्नो बाँकी पढाईलाई पूर्णता दिन सहयोग पु¥याहोस् भन्ने आशा थियो । आमाले घर खर्च चलाउन गाउँमा केरा संकलन गरेर विक्री गर्नुहुन्थ्यो । स्कुल छुट्टीको दिनमा म पनि आमासंगै केरा, संकलन गरेर घरदेखि ३ घण्टाको पैदल यात्रामा वीरेन्द्रनगर आएर बेच्थ्यौं । बुवाले अव छोरी तेरो विवाह गरिदिनु पर्छ भन्नुहुन्थ्यो । तर मलाई विवाह भन्दापनि अझै धेरै पढ्ने मन थियो ।
प्रेरणाको स्रोत आमा
मैले बुवाको बोलीलाई इन्कार गरेर अगाडी बढे । स्कुल बढ्दा खेरी नै म बालक्लब, रेडक्रस लगायतका संस्थामा आवद्ध भए । यो काममा म सक्रियभएपछि बुबाले मलाई नेता भन्न थाल्नु भयो । संस्थामा आवद्ध भएकै कारण तालिम दिन थालेपछि गाउँलेले बाहुनकी छोरी विगा¥यो भन्दै हिड्थे । तर म विचलित हुन्थेन । मेरो दिदी पाँच कक्षा पास गरेपछि विवाह गरिदिनुभयो । तर म र आमा मिलेर दिदीलाई निम्न माध्यमिक तह पढ्न पठायौं । त्यसपछि मलाई पनि सहज भयो । आमा हामीलाई सधैं भन्नुहुन्थ्यो ‘छोराछोरी तिमिहरुका लागी मैले यत्ति दुःख गरेको छु । तिमिहरुले मेरो दुःखलाई लत्ताएर पढ्न नछोड है ।’ आमाले यो मात्र होईन्, ‘म तिमीहरुका निम्ती जत्तिपनि दुःख गर्न सक्छु, म भोकै बस्न सक्छु , उस्तै परे एक छाक खान्न तर चोर्ने, ढांट्ने कहील्यै नगर्नु र जस्तो परेपनि पढ्न नछोडे जिन्दगीमा जे छ पढाई मात्रै छ ।’ आमाको त्यही भनाईलाई मैले ग्रहण गरेर पढाईलाई प्राथमिकतामा राखेर, व्यापारी हुन्छु भन्ने योजना बनाए ।
जव म केरा बेचेर नाफा भएको पैसा मेरो हातमा हुन्थ्यो त्यो क्षणमा म धेरै खुसी हुन्थे । मनमनै सोच्थे, ‘यो पैसा म जस्तै पैसा अभावले पढ्न नपाएका र दुःखीहरुलाई दिन पाए हुन्थ्यो झै लाग्थ्यो ।’ प्राथमिक शिक्षा गाउँको नजिकैको स्कुलबाट पास गरेपनि बाँकी पढाईका लागि भने सहज थिएन् । घरदेखि ३ घण्टा टाढाको हिडाइपछि मात्र माध्यामिक स्कुल पुग्नु प¥र्थो । पढ्न भनेपछि खुसी हुने म अन्तत माध्यामिक शिक्षा हासिल गरे । हाम्रो गाउँमा एसएलसी पास गरेका कोही पनि छैनन् । तर मैले भने एसएलसी पास गरे । एसएलसी परिक्षा सकिएपछि मैले खाली समयको सदुपयोग गर्न खोलाको बालुवा संकलन गर्ने योजना बनाए ।
गाउँमा केरा संकलन गर्ने काम प्रभावकारी नएपछि मैले झुप्रा खोलामा बालुवा संकलन गर्ने काम गरे । झुप्रा खोलामा धेरै जना बालुवा बनाउन जान्थें जहां वादी समुदायको वाहुल्यता बढी रहेको छ । म पनि त्यहीं खोलामा गएर वालुवा बनाएर उच्च शिक्षा पढ्ने सोंच बनाए । बालुवा संकलन गर्ने काम यति गाह्रो थियो की दिनभरी बालुवा बनाएपछि सांझमा त्यो हातले खाना खान त के चम्चा समाउन सक्थेन् । तर बाध्यता दैनिक बालुवा संकलन नगरे उच्च शिक्षा पढ्ने सपना अधुरै हुने हुने भएकाले काम गरिरहे । खोलामा मैले काम गरेको देख्दा मान्छे कानेखुसी गर्थे र भन्थे नानी तिमि त यत्रो पढेको मान्छे किन यहाँ यसरी बालुवा बनाउन आएको ? जागीर खाए हुने नी भन्थे । तर मेरी दिदी त्यतीबेला बोर्डीङ्ग पढाउनुहुन्थ्यो तलव भने तीन हजार थियो । बालुवा संकलन ग¥यो भने मात्र दैनिक हजार कमाई हुन्थ्यो ।
एसएलसी पास हुँदाको त्यो क्षण
मैले भने के लाज ३ घण्टा केराको डोको पनी बोकेकै त हो भनेर म जवाफ दिन्थें । ठिक हो नानी भन्दै आफ्ना छोराछोरी लाज मान्छन् तिमिजस्तै मेरा छोराछोरी भए हुन्थ्यो भन्थे । त्यतीवेला खुसी लाग्थ्यो । एसएलसीको परिक्षाफल प्रकाशन भयो । म दोस्रो श्रेणिमा पास भए । पास भएको खवरले म र मेरो आमासंगै खुसीमा धेरै रोयौं । त्यसपछि बुवाको पिडादायिक परिचयले चिनिएका हामी, गांउका जान्ने, सुन्ने र पढेलेखेका भन्ने आफ्नै परिचय बनायौं । यतिबेलासम्म संगैका दौतारीको जो अलिहुने खानेका छोराछोरी थिए । उनिहरुका १÷२ जना बच्चा भैसकेका थिए उनिहरु हामिलाई देख्दा पछुताउथे । हामी भने जिवन बुझ्ने भएका थियौं । बल्ल जिन्दगीको सार बुझ्ने भएका थियौं ।
उच्च शिक्षा पढ्ने सपनाका साथ मनमा अनेक सपना बुन्दै आमाले झोलामा हालिदिएको पिठो, चामल लगायत बोकेर गन्तव्यको बाटो लागें । आमाको सपना सन्तानलाई असल मान्छे बनाउने थियो । आमाले भन्नुहुन्थ्यो ‘बढेकी छोरी ख्याल गरे है जवानी र इज्जतको कमाउन गाहृो हुने तर सेकेण्डमै सदाको लागी विदा हुने भनेकै ईज्जत हो छोरी ।’ यि र यस्तै सपनालाई विपना वनाउने अभिलाषाका साथ वीरेन्द्रनगरेको अमरज्योती उ.मा.वि. नेवारेमा पढ्न थालें । त्यहां पनि म छात्रवृद्धिमा पढ्ने अवसर पाए । पढाइको शीलशिलामा एउटा मान्छे भेटीयो जस्तो म सपना देखिरहेको थिएं, उस्तै मिल्ने । जो संग ईमान्दारीता,लगनशिलता, जोश, जाँगर थियो । तर बुवाले कमाईदिएनन् भन्ने निरासा र आफ्नो आर्थिक अवस्थाप्रति पश्चाताप थिएन । थियो त आफ्नो लागी आफै गर्नुपर्छ भन्ने सोच ।
सबैका नजरमा नबिझाउने मान्छे । उहाँ पनि मलाई पहिला देखिनै मन पराउनुहुदो रहेछ तर साथिहरुसंग भन्नुहुदो रहेछ । केटी त ठिकै हो तर धेरै पछि लागेका छन् हामीलाई के बाल दिन्थी तर वास्तविकता त्यस्तो थिएन । यत्तीकैमा हामी नजिक भयौ हाम्रो व्यतिmगत पारिवारीक सबै कुरा शेयर भयो । उहाले मलाई आफुले मन पराउने कुरा भन्नुभयो तर मैले केहि जवाफ दिईन । मलाई लाग्यो मैले मखोजेको मान्छे यहि हो ।विस्तारै म उहाको घरमा गएं परिवारलाई भेटे अनि उहाले मेरो परिवारलाई भेट्नु भयो दुवै तिर कुरा भयो ।
पारिवारीक सहमतिमै अन्तजातिय विवाह
हामीले २०६७ साल मंसिर २९ गते पारिवारीक सहमतिमै अन्तर्जातिय विबाह ग¥यौं । तर हामीसंग दिनभरी नकमाए साँझ भोकै बस्नुपर्ने हुन्थ्यो । विवाहपछि म सहकारीका फिल्ड प्रतिनीधिको रुपमा हिमाली बचत तथा ऋण सहकारी संस्था लि. लाटीकोइलीमा काम गर्थें जसबाट आएको पैसाले ४ जनाको परिवारलाई पाल्न त के साँझ विहान खानसम्म पुग्दैनथ्यो म संधै एक्लै रुन्थें, भोली के खाने र खुवाउने, के अव जिन्दगी यसरी नै चल्ला त श्रीमान्को पत्रकारीता यसै चिसो थियो । कयौं रात मसंगै उहाँ मैले थाहा नपाउनेगरी रुनुहुन्न्थ्यो र आफुलाई सम्हाल्दै मलाई सम्झाउनु हुन्थ्यो “हेर मान्छेको दिन एक पटक आउछ” चिन्ता नगर जे छ त्यसमा चित्त बुझाउनु पर्छ । तर त्यो त मलाई भुलाउने बाहानामात्र थियो । म जति चिन्तित थिएं त्यो भन्दा हजारौं गुणा चिन्ता देख्थें म उहाँको चेहरामा ।
यस्तैमा समय वित्दै गयो दिन फेरीने छाँटसम्म थिएन झन् घरमा आफुत भोकै बस्न सकिन्थ्यो तर नन्द, देवरलाई के खुवाउनु ? कहिले चामल हुन्थ्यो, दाल हुन्थेन, दाल हुन्थ्यो, तेल हुन्थेन कतिदिन चल्ला यसरी लाग्थ्यो । जिन्दगीमा पेटभरी खाने दिन कहिल्यै आउदैन । कहीलेकाही आमाले चामल दाउरा पठाईदिनुहुन्थ्यो । खाना त यस्तै थियो जब कलेजको शुल्क, किताव, कपडा, चाडवार्ड अभिषाप नै भएर आउथ्यों । बिस्तारै विबाहको छ महिना बित्यो । उहासंग हुँदा त अभाव पिडा दुःख सबै विर्सन्थें तर जव म घरमा एक्लै हुन्थें । रुन मात्र मन लाग्थ्यो ।
उहा रातको १२÷१ बजे घरमा आउँदासम्म म रोएरै बसिदिन्थें । त्यसपछि सुरुहुन्थ्यो फेरी बुढा बुढीको रुवाई कयौं रात हामी ननिदाएरै रोएरै बसिदिन्थ्यौं । एकतर्फ घरको चिन्ता अर्कोतर्फ रातीको समयमा हिंडेरै घर आउँदा गुण्डाहरुले बाटो कुरेर कयौं पटक आक्रमण गर्ने अनि त के निद्रा लाग्थ्यो, उल्टो मात्रै मनमा आउने ।
केही गरौं पैसा थिएन, खानै नपुग्ने अवस्थामा के गर्नु अरु ? मेरो यस्तो हाल देखेर उहा झन चिन्तीत हुनुभएछ अनि उहाले मलाई अफिसबाट घर नजाउ किताव लिएर आउनु मेरो अफिसमा अनि रातीसंगै घर जाउला भन्नुभयो म त्यसै गर्न थाले । उहाले दिउसो कार्यक्रममा जाँदा दिएको नास्ता मेरा लागी ल्याईदिनुहुन्थ्यो हामी साँझ त्यही खान्थ्यौं । कहिले नभएको दिन एउटा चाउचाउ बांडेर खान्थ्यौं । अनि त राती १÷२ बजे २ जना १ घण्टाको बाटो हिंडेरै घर जान्थ्यौं । केहि समयमै हामी अलिक सामान्य भयौं । उहाले अल्फा स्टेशनरीको दिपक थापा (माल्दाई) लाई काम केही छकी दाई मलाई त अप्ठ्यारो प¥यो भनेर कुरा गर्दा भाई मेरो पत्रिका विक्रि गर्ने काम जिम्मेवारी दिन सकिने कुरा गर्नुभयो । लगानी गर्ने कुनै रकम थिएन तर पनि राष्ट्रिय पत्रिकाको विक्रि एजेन्सी कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घर सल्लाह गरेर हामीले पत्रिका विक्रि गर्ने व्यवसाय सुरु गर्ने निर्णयमा पुग्यौं ।


यसरी अघि बढ्यो व्यवासय

२०६८ साल बैसाखदेखी अल्फा कम्यूनिकेशन कर्नर नाममा फर्म दर्ता गरि राष्ट्रिय पत्रिकाको बितरण सुरु ग¥यौं । एकातिर मेरो सहकारीको जागिर अर्को तर्फ पत्रिका विक्रि गर्ने कार्य आफैमा चुनौतिपूर्ण थियो । त्यसमा पनि महिलाले पत्रिका बोकेर घर घर पु¥याउन जाने अर्को चुनौति थियो । कम्प्यूटर डेस्कटप ४५००० मा किन्यौं । कम्प्यूटर डेस्कटप किन्दा सहकारीको जागिरबाट प्राप्त भएको १५ हजार हामीले बुझाएर १ महिनाभित्र बाँकी रकम तिर्ने गरी कम्प्यूटर डेस्कटप खरिद ग¥यौं । ट्राईप,प्रिन्ट, फोटोकपि गर्ने गरी खरिद गरिएको डेस्कटप, पत्रिकाका विक्रि र सहकारीको जागिर संगै चल्यो । म त्यो गर्मिमा दिनभरी साईकलमा पत्रिका बाँड्थें । सुर्खेतमा पत्रिका बांड्ने पहिलो महिला सम्भवत म नै थिएं ।
एकातिर सहकारीको जागीर र एकातिर पत्रिका बांड्नुपर्ने म विहान सहकारीको पैसा उठाउन जान्थें अनि दिउँसो पत्रिका बांड्न । पत्रिका बांड्न जांदा मलाई धेरैले खिल्ली उडाउथे तर मलाई त्यसको कुनै प्रवाह थिएन । किनकी म काममा विश्वास राख्थे । विस्तारै पत्रिकाको ग्राहक पनि बढ्दै गए र दिनमा १०÷२० रुपैंया फुटकर विक्रिबाट पनि कमाउथें । उता पसलमा एउटा कम्यूटर त्यसमा श्रीमानले अलि अलि टाईप, प्रिन्ट र फोटोपिको काम गर्नुहुन्थ्यो, नाईलन छाप बनाउनुहुन्थ्यो त्यसबाट १०० रुपैयाँ जति दिनमा कमाईहुन थालेको थियो । हामीमा विस्तारै खुसीका दिन सुरु हुन थालेका थिए । जम्मा भएको पैसा मलाई राख्न दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो घरमा जहिले पनि आर्थिक मामिलामा एकद्धार प्रणालीबाट चल्नुपर्छ । तर विडम्वना महिना सकिएपछि कोठाभाडा तिर्नुपथ्र्यो ।
हामीसंग जम्मा २०००÷२५०० जम्मा हुन्थ्यो कसरी तिर्नु ४५०० फेरी महिनाको २ गते अनिवार्य बुझाउनुपर्ने कोठाभाडा यो वा त्यो कारणले पनि ३ गते मान्थेनन् घरभेटी भन्थे भाडा तिर्न नसक्नेले किन बस्नु यहां ? कति पटक त पसल छोड्न पाए पनि हुन्थ्यो पनि भन्ने लाग्थ्यो तर एकातिर सोच्थें जो हिंड्नखोज्छ उही न लड्ने हो । मेरो अफिसबाट आएको तलव थपेर कोठा भाडा तिर्थें । एक महिनामा तिर्ने भनेर लिएको डेस्टपको रकम हामीले ६ महिना लगाएर चुक्ता गरेका थियौं ।
नियमित सेवा राम्रो भएकोले साउनबाट पत्रिकाको माग बढ्यो नागरिक, कान्तिपुर, गोरखापत्र गरेर दिनमा ४५० पत्रिका बांड्न थाले । विस्तारै कोठा भाडा तिर्न सक्ने भएं । अनि राम्रो गर्नुपर्छ, केही नयाँ गर्नुपर्छ भनेर रोज नयाँ योजना बनाउथ्यौं । पसल सुरु गरेको पनि वर्ष पुग्न थालेको थियो अलि अलि पैसा जम्मा गरेका थियौं । त्यसैले एउटा बाईक किन्ने सहकारीको जागीर पनी छोड्ने र धेरै टाढासम्म बाईकमै पत्रिका बांड्ने सोंचका साथ बाईक किन्यौं । भाई वहिनीको माग पनि पुरा गर्न सक्ने भएका थियौं । नयां के गर्ने त भन्ने सोचिरहेको थिए ।
यत्तिकैमा नागरीक पत्रिकामा सुर्खेतको सबैभन्दा पुरानो छापाखाना भवानी छापाखाना विक्रिमा भनेर विज्ञापन रहेछ । उहाँ गएर कुरा गर्नु भएछ । मुल्य १२ लाख भनेछन् । यत्रो पैसा त कहां पाउनु ? सोधीहेरेको पो ? भनेर वास्ता गर्नु भएनछ । केहीदिन पछि कुरा गर्दा उहाँले मलाई सबै कुरा भन्नुभयो । मैले भने हेरम्न त केही उपाय लागी पो हाल्छकी भनेर हेर्न गयौं । सामान्य कुरा भयो केही पैसा रोकीदिन सक्छु लिने भए लेउ मलाई पनि अप्ठ्यारो परेको छ भनेर भन्नु भो साहु जी ले । त्योदिन रात भरि नसुती अव के गर्ने कसरी पैसा जुटाउने त ? जति सोचेपनी चाहिए जति पैसा नजुट्ने भो अलमलमा प¥यौं । नियमित झैं पसल गयौ । नजिकै शितल डेरी उद्योग गर्ने प्रेम बहादुर श्रीस हुनुहुन्थ्यो उहांसंग सामान्य व्यावसायिक चिनजान थियो । मेरो श्रीमानले सबै कुरा उहालाई भन्नुभएछ । अंकलले ठीकै छ लेउ न त केही परे म पनि सहयोग गरौंला भन्नुभएछ । अनि हामीले सल्लाह ग¥यौं जसरी भएपनि लिने । अंकल हामीले के गर्नेहोला हामीसंग त २० हजार मात्र छ, कहां १२ लाख कहां २० हजार अंकल हामी त सक्दैनौहोला ? सपनामात्र देखेर के गर्नु । ‘म तिमिहरुलाई पैसा हालिदिन्छु । विस्तारै कमाएर तिर्नुपर्छ । तर व्याज तिर्नु नि मलाई आँट गर तिमिहरुले नसक्ने भन्ने हुन्न भन्नु भो ।’, हामीले भन्यौं अंकल पैसा त हालिदिनुहुन्छ तर हामीले तिर्न सकेनौं भने के गर्नुहुन्छ त ? हाम्रो त कांहीबाट असुलउपर गरौला भन्नेपनी छैन ? भन्यौं हामीले उहांलाई उल्टै अंकलले हामीलाई भन्नुभो तिमीहरु श्रीमानश्रीमति नसक्ने भन्ने हुदैहुन्न ।
अझै सोच समय छ । उहाँले ३ लाख २.५ प्रतिशत व्याजमा एक बर्षका लागि ऋण सापटी दिनुभयो । त्यो बाहेक हामीसंग अरु केही थिएन । थियो त केबल हामीसंग आत्मविश्वास थियो । काम गर्ने आँट थियो । छापाखाना त किन्ने तर पुरै पैसा नभएपछि मैले एउटा उपाय लगाएँ । हामीसंग सबै गरेर ३ लाख ५० हजार मात्र छ । अरु कसरी तिर्ने भन्दा भवानी छापाखानाका तत्कालिन प्रो यदुनाथ खनालले हामीसंग योजना माग्नुभयो । मैले छापाखाना मलाई जिम्मा दिनुहोस भने । अहिले भएको रकम बुझ्नुहोस । एक बर्षभित्र तपाईको बाँकी रकम बुझाउँछु । १ बर्षभित्र पुरा रकम नबुझाएपछि दिएको पेश्की रकम पनि पच गराउने र छापाखाना पनि आफै फिर्ता लिने गरी कागजी सहमति भयो ।
संर्घषको यात्रा
साहु जी संग पनी आफ्नो कुरा राख्यौं । उहाले पनी हुन्छ वांकी बिस्तारै देउ न त भन्नु भयो २०६९ साउन १ गतेबाट हामीले जिम्मा लियौं । व्यवस्थापन पक्ष एकदम फितलो मजदुर दारु खाएर कयौं दिन अफिस नआईदिने हुक्क भएर बेच्न खोजेका रहेछन् विस्तारै थाहा भयो आन्तरिक कुरा । काम लियो समयमा काम नगरीदिने ग्राहक भड्कीने एक पटक आएको मान्छे फेरी फर्किएर आउने वातावरण नै थिएन । अझ सरले काम गर्ने पत्रिका र अर्को एउटा पत्रिका पनि छाप्न दिए । अनि त झन समस्या थपियो । कयौं दिन अफिस नै नआईदिने, आएपनि टन्न दारु खाएर पत्रिका नछापिदिे हैरान भएं । एकातिर ऋण दिनेको त्यो विश्वास, त्यत्रो ऋण त अर्कोतिर काम गर्नेको चाला अनि आफूसंग सिप नहुनु ? साहृै तनाव किन नदुखेको टाउको डोरी लगाएर दुखाएहोला ? निद्राले त पटक्कै नछुने कतै निदाईहाले पनि एक आधाघण्टा भन्दा सुत्नै नसक्ने भएं । अव के गर्ने मलाई त निल्नु न ओकल्नु झैं भयो । देखेका सपना सबै आंखै अगाडी तुहिदै थिए म विचरा निरिह थिएं । मुकदर्शक, लाचार, सिकिस्त विरामी दिनमा १०० रुपैयाँ पनि देख्न मुस्कील भएको मलाई दिनमा ३०००÷४००० समाउनु बाहेक केही हेरेर चित्त बुझाउने ठाउँ थिएन ।
कम्यूटरको काम त अलि अलि सरले गर्नुहुन्थ्यो, व्याण्डीड्मा पनि ठिकै थियो । समस्या थियो त मेसीनमा सोचें आफुसंग सिप नभएसम्म कुनै पनि काममा सफल हुन सकिदैन । अनि रातिमा अपरेटर नआउदा आफै मेसिन चलाउन थालें । वजारभरी मलाई देख्ने वित्तिकै मान्छे कुरा गर्न थाल्थे । यो भवानी छापाखाना किन्ने साहुनी हो यल्ले त मेसीन पनि आफै चलाउछे रे । झन केही गरौं भन्ने उत्साह जाग्थ्यो । म संधै अरुभन्दा फरक गर्नुपर्छ भन्ने मान्छे । नजानेको कुरा अरु छापाखानाका दाईहरुलाई सिकाईमागें विस्तारै म मेसिन चलाउन सक्ने भएं । धेरै दिनसम्म श्रीमान्ले रातीमा मेसीनको कालो पुछ्ने र मैले मेसीन चलाएर रातभरी लगाएर पत्रिका छाप्थ्यौं । नानी पेटमा ५ महिना हुंदासम्म मैले मेसीनमा काम गरें ।
अनि त काम गर्नेहरु पनी नियमित आउन थाले नयां खालको व्यवस्थापन गरें छापाखानामा । महिलालाई नै व्यवस्थापनको प्रमुख बनाई दिए । नयां कर्मचारी थप्दा पनि महिला नैं थपें । व्यावसायिक यात्राका दौरानमा अझै पनि मलाई के विश्वास छ भने महिलालाई दिएको जिम्मेवारी पुरुषलाई दिएको जिम्मेवारी भन्दा कयौं गुणा सफल हुन्छन् । अहिले मेरोमा पनि महिलालाई प्रमुख वनाएपछि मात्र व्यवस्थापन पक्ष बलियो भएको छ ।
छापाखाना जिम्मा लिएको १ बर्ष होइन ८ महिनामा २०६९ चैत्र मसान्तमा मैले छापाखानाको सबै पुरानो ऋण चुक्ता गरेँ । पुरानो मालिकलाई दिनुपर्ने सबै रकम बुझाएपछि उनी मलाई छापाखाना नामसारी गर्न राजी भए । जिल्लाकै सबैभन्दा पुरानो छापाखाना मैले आफ्नो नाममा पास लिएँ । त्यसपछि तीन महिनाभित्र सुरुमा ३ लाख दिएका प्रेमबहादुर श्रीसलाई व्याज सहित २०७० असार मसान्तमा सबै ऋण बुझायौं । व्यवसायलाई थप मजबुद गर्दै लगियो । सबै ऋण तिरेको ७ महिनापछि २०७० माघमा एउटा नयाँ अफ्सेट मेसिन ८ लाखमा थपेँ ।
फस्टाउदो व्यवसाय
व्यवसाय सुरु गरेको अहिले ४ बर्ष भयो । छापाखाना व्यवसाय सुरु गरेको ३ बर्ष ७ महिना पुगेको छ । पत्रिका विक्रिबाट सुरु भएको अहिले छापाखाना मालिक भएको छु । यही व्यवसाय सुरु गरेर साढे ३ कठ्ठा जग्गा १५ लाखमा, दुई वटा घडेरी ३५ लाखमा खरिद गरेर अहिले करिव ५० लाख बढीको जग्गाको मालिक भएको छु । छापाखानाको सम्पत्ति जोड्दा अहिले झण्डै ५० लाखको सम्पत्ति पुगेको छ । ऋणको नाममा प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. बाट १५ लाख र कुमारी बैंकबाट जग्गा किन्दा १० लाख ऋण लिएको छु । ४५ हजारको लगानीबाट सुरु भएको मेरो व्यवसाय अहिले १ करोडबढीको सम्पत्ति जुटाउन सफल भएको छु ।
छापाखानामा पहिलेको तुलनामा नयाँ कर्मचारी थपेको छु । २०७२ असोज १ गतेदेखि करिव २० लाखको लगानीमा जाजरकोटमा भर्खरै शाखा विस्तार गरें । सुर्खेतमा मात्रै वार्षिक करोडको कारोवार हुन्छ । जाजरकोटमा अहिले मासिक १ लाखदेखि ३ लाखसम्म कारोबार भएको छ । पैदल, साइकलमा हिड्दै सामान्य पत्रिका विक्रि, वितरणबाट सुरु भएको मेरो व्यवसाय अहिले एउटा मझौला खालको उद्योगमा परिणत भएको छ । म आफु स्कुटी चढ्छु । बुढा मोटरसाइल चढ्नुहुन्छ । २ ठांउमा गरेर १६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
बैंकले करोडौं ऋण पत्याउछ । बैंकमा बार्षिक कारोबारका आधारमा घर किन्ने भए किन्नुहोस भनेका छन् । ७०—८० लाख सम्मको घर, घडेरी बैंकले पत्याउने भएको छ । बजारमा आफ्नै घर खरिद गरेर आफ्नो व्यवसाय त्यसैबाट सञ्चालन गर्ने योजना बनाएको छु । मासिक ४५ सय घरभाडा तिर्न पनि गाह्रो हुने मैले अहिले मासिक ४५ हजार घरभाडा तिर्ने गरेको छु ।
समाजिक काममा पनि उत्तिकै सक्रिय
सेडा क्याम्पस सुर्खेतले नर्सिड पढेकी आफ्नै छात्राको फि बांकीहुदा मार्कसिटको फोटोकपीसम्म नदिएर भविष्य अन्धकारमा धकेलीदींदा एक परियार थरकी छात्राको सर्टिफिकेट निकाल्न आर्थिक सहयोग गरें । जसले अहिले लोकसेवामा नाम निकालेर सरकारी जागीरे छिन् । आफुले माध्यमिक शिक्षा लिएको सरस्वती मा.वि. कल्याणलाई उच्च मा.वि. बनाउन रु ५११५१ (एकाउन्न हजार एक सय एकाउन्न रुपैया) आर्थिक सहयोग गरें । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पताल बनाउन रु २५५५५ (पच्चिस हजार पांचसय पचपन्न) रुपैया, सुर्खेतमा सञ्चालीत बृद्धाश्रमको ५ हजारको आजीवन सदस्य भएको छु ।
सुर्खेतमा आएको बाढीकापीडित लगायतका थुप्रै ठांउमा आर्थिक सहयोग समेत गरेकी छु । जसले मलाई सफलताको बाटो देखाएको छ, जसमा म सबैभन्दा आनन्दीत महसुस गर्छु । लाग्छ पैसा सबचीज हो तर सही ठांउमा प्रयोग भएन भने त्यसको कुनै सार हुदैन । पैसा हुनु या नहुनु गौण विषय हो तर पैसा हुनेले सदुपयोग र थोरै हुनेले सहि ठांउमा प्रयोग महत्वपूर्ण हो । मलाई पनि कसैले ले भनेर मागेको होईन । मैले कमाएको पैसा कहील्यै नचाहीने काममा प्रयोग होस् यो चाहन्न म, तर मसंग प्रसस्त पैसा भएर दिएको पनी होईन । यो सबै कथा तपाईलाई सुनाईरहदा श्रीमानको भूमिका के भन्ने सोच्दै हुनुहुन्छ होला ।
असस्भव केही छैन
उहाको आफ्नै परिचय पहिचान र हैसियत छ । जसले श्रीमतिको हर ईच्छा चाहाना उसको आफ्नै तरिकाले पुरा गर्न दिनुपर्छ भन्ने सोंच राख्नुहुन्छ । यो कथाको नायक उहानै हो म त केवल खलनायक । भन्नुहुन्छ,“गाडीको त्यत्रो ६ पांग्रा मध्ये १ वटामा पनि हावा १० प्रतिशत कम भयो भने गुड्ने त के गुडाउन सोंच्न पनि सकिन्न भने यो २ पांग्रे जिन्दगिको गाडी कसरी सम्भव हुन्छ र एक्लै गुड्न ? त्यसैले १००÷१००, श्रीमान् श्रीमती । जिन्दगीका २५ औं वसन्त सम्म के गर्न सकियो सकिएन समिक्षाको विषय रहृयो । लाग्छ जिन्दकी बल्ल सुरु भएको छ । ईज्जत र पैसा नितान्त फरक चिजहुन पैसा हुनेवाला सबैसंग गर्वगर्न सक्ने चिज हुनु महत्वपूर्ण पक्ष हो । पहिला हामीलाई जड्याहा बाहुनका छोराछोरी देख्नेका छोराछोरी हाम्रो परिचय अंगिकार गर्दै छन् भने हामी छुट्टै परिचय बोकेर गन्तव्यको बाटो लागीरहेका छौं । उनिहरुका आर्थिक, सामाजिक, नैतिक, राजनैतिक अप्ठ्यारामा उनिहरुका दरिलाखम्वा बनेका छौं । त्यसैले जिन्दगीमा नसकीने केही छैन ।

प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार ०८:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *