आर्थिक पत्रकारिता पुरस्कार ललित बसेललाई

सुर्खेत, २८ फागुन ।
सुर्खेत उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणसभाको अवसरमा शनिवार सुर्खेतपत्र दैनिकका सम्पादक एवं गोरखापत्र दैनिकका सुर्खेत समाचारदाता ललित बसेललाई आर्थिक पत्रकारिता पुरस्कार २०७३ प्रदान गरिएको छ ।
११ हजार १११ रुपैयाँ राशी, सम्मानपत्र र दोसल्लासहिको सो पुरस्कार नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र प्रकाशन समितिका संयोजक लक्ष्मण कँडेलले समाचारदाता बसेललाई प्रदान गर्नुभएको हो ।
जिल्लाको समग्र आर्थिक क्षेत्रलाई पत्रकारिताका माध्यमबाट उजागर पु¥याएको भन्दै बसेललाई २०७३ सालको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
यस्तै संघले बावियाचौरका डम्बरबहादुर शाहीलाई पलायन व्यवसायी राहत, इत्राम माविका दृष्टिविहीन छात्रछात्राका लागि समीक्षा आचार्य छात्रवृत्ति पुरस्कार, मध्यपश्चिम फिटनेस सेन्टरका संचालक प्रमोद हमाललाई सुर्खेतमा नौलो व्यवसायीका रुपमा सम्मान गरेको छ ।
यसैगरी हार्डवेयर समिति, फेन्सी तथा रेडिमेड बस्तुगत समिति, काँचो कपडा बस्तुगत समिति र कम्प्यूटर एशोसियशन बस्तुगत समितिलाई पनि सर्वाधिक सक्रिय बस्तुगत समितिका रुपमा सम्मान गरिएको छ । राजु पाण्डे, यज्ञ शर्मा र खगेन्द्र भट्टराईलाई उत्कृष्ट व्यवसायी, रिदेश केसीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ ।

प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार १५:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *