सुर्खेत, ३० फागुन ।
संयुक्त राज्य अमेरिकामा रहनु भएकी युवा समाजसेवा जयन्ती थापाले क्यान्सरबाट पीडित महिलाको उपचारको लागि १० हजार रुपैया सहयोग गर्नु भएको छ ।
उहाँले क्यान्सरवाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि व्यक्तिगत रुपमा १० हजार ४ रुपैया सहयोग गर्नु भएको हो ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको सहयोगको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत आर्थिक सहयोगको अभियान थाल्नु भएको छ ।
पत्रकार पन्तले चलाएको त्यो अभियानमा साथ दिदै अमेरिकाको भर्जेनियामा बस्दै आउनु भएकी युवा समाजेवी थापाले क्यान्सर पीडित जयरुपाको उपचारको लागि रकम पठाउनु भएको छ ।
पत्रकार पन्तले अमेरिकामा रहनु भएकी थापाले उक्त आइतवार पठाउनु भएको जानकारी दिनु भएको छ ।
क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै युवा समाजसेवी थापाले पत्रकार पन्तको प्रशंसा समेत गर्नु भएको छ ।
अमेरिकामा रहेर पनि विपतमा परेका नेपालीहरुलाई युवा समाजसेवी थापाले सहयोग गदै आउनु भएको छ ।
समाजसेवी थापाले यस अघि दैलेखमा न्यानो कपडा तिवरण गर्नु भएको थियो भने आफु पढेको सुर्खेतको अमरज्योति नमुना माध्यामिक विद्यालयमा १ लाख रुपैया छात्रबृत्ति अक्षय कोष स्थापना समेत गर्नु भएको छ ।
पत्रकार पन्तको अभियानलाई साथ दिदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत वालरोग विशेषज्ञ डा.नवराज केसीले पनि जयरुपाको उपचारको लागि १० हजार रुपैया सहयोग गर्नु भएको थियो ।
यस्तै सहकर्मी पत्रकारको अभियानमा साथ दिदै सुर्खेतका पत्रकारहरुले ७ हजार ५५ रुपैया क्यान्सर पीडितको उपचारको लागि दिएका छन ।
क्यान्सर पीडित जयरुपाको लागि अहिलेसम्म ३४ हजार ३ सय ७९ रुपैया उठिसकेको र उठने क्रम जारी रहेको पत्रकार पन्तले जानकारी दिनुभयो ।
आर्थिक समस्याका कारण क्यान्सर अस्पतालमा राखेर नियमित उपचार गर्न नसकेको गुनासो जयरुपाका छोरा शशीले बताउनु भयो ।
घुँडादेखि माथीको भागमा क्यान्सर भएपछि गत भदौ महिनादेखि घर्ती थला पर्नु भएकी घर्तीलाई उपचारको लागि क्यान्सर अस्पताल चितवनमा लगिएको थियो ।
क्यान्सर अस्पतालमा केही महिना उपचार गरेपनि नियमित उपचारको लागि खानेवस्ने खर्च नहुँदा बीचमै उपचार छाडेर घर फर्किन वाध्य हुनु परेको पनि उहाँले बताउनु भयो ।