युवा समाजसेजी खड्काद्वारा क्यान्सर पीडितलाई २३,३२३ सहयोग

सुर्खेत, १० चैत्र ।
सुर्खेतका युवा समाजसेवी पदमबहादृर खड्काले क्यान्सरबाट पीडित महिलाको उपचारको लागि व्यक्तिगत २३ हजार ३ सय २३ रुपैया सहयोग गर्नु भएको छ ।
यसअघि पनि विभिन्न समाजिक काममा सहयोग गदै आउनु भएका खड्काले क्यान्सरवाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि यो रकम सहयोग गर्नु भएको हो ।
पत्रकार रमेश शाहीको विशेष पहलमा युवा समाजसेवी खड्काले क्यान्सरवाट पीडित घर्तीको उपचारको लागि सहयोग गर्नु भएको हो ।
बुलबुले आयल स्टोर तथा श्याम एण्ड शंकर कन्ट्रक्सन प्रालीस सुर्खेतका संचालन खड्काले यसअघि पनि विभिन्न सामाजिक काममा आर्थिक सहयोग गदै आउनु भएको छ ।
उक्त रकम खड्काका प्रतिनिधीले क्यान्सर पीडित सहयोगको लागि अभियान चलाई रहनु भएका पत्रकार प्रकाश पन्तलाई हस्तान्तरण गर्नु भएको छ ।
उपचारको लागि रकम संकलन गर्नको लागि पहल गर्नु भएका पत्रकार शाहीले क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै पत्रकार पन्तलाई धन्यवाद दिनु भएको छ ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको सहयोगको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत आर्थिक सहयोगको अभियान थाल्नु भएको छ ।
आफुले चलाएको यो अभियानमा साथदिदै विभिन्न व्यक्तिहरुले अहिलेसम्म करिव एक लाख रुपैया सहयोग गर्नु भएको पत्रकार पन्तले जानकारी दिनुभयो ।
खड्काले दिएको रकम अहिलेसम्मको सवैभन्दा बढी रकम भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मितिः १० चैत्र २०७३, बिहीबार १५:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *