उत्कृष्ट किसान ओझेलमा

क्याप्टेन सापको प्रेरणा
अमर बहादुर तारमी पश्चिम नेपालकै सफल मौरीपालक किसानका रुपमा दरिनु भएको छ । पूर्व सैनिक उहाँले १४ वर्षदेखि व्यवसायिक रुपमा मौरीपालन गदै आउनु भएको छ । २०६० सालमा एक घारवाट उहाँले मौरीपालन सुरु गर्नु भएको थियो । अहिले तारमीसँग अहिले २ सय घार मौरी छन । उहाँ सायद पश्चिम नेपालमै सवैभन्दा बढी मौरीघार भएका किसानको रुपमा चिनिनु हुन्छ । नेपाली सेनाको जागिरवाट अवकास भएपछि उहाँले मौरीपालन व्यवसाय सुरु गर्नु भएको थियो ।
सेनामा जागिरको सिलसिलामा उहाँले मौरीपालन व्यवसायवारे जान्ने मौका पाउनु भएको थियो । अमित थेवे भन्ने क्याप्टेन साप हुनुहुन्थ्यो उहाँले नै मौरीपालन व्यवसायवारे जानकारी दिनु भएको थियो । क्याप्टेन सापको कुरा सुनेपछि सैनिक जीवनवाट अवकास हुन वित्तिकै मौरीपालन व्यवसाय सुरु गर्ने योजना वनाए तारामीले भन्नुभयो ।

झनझन उत्सुकता बढदै
२०६० सालमा जिल्ला वन कार्यालय सुर्खेतको समुन्यमा एक गैरसरकारी संस्थाले भेरी सामुदायिक वनका उपभोक्तालाई १५ घार मौरी प्रदान गरेको थियो । त्यही मौरीघार मध्ये एक घार तारामीको भागमा पनि परेको थियो । इच्छाशक्ति भए असम्भव केही हुदैछ । उहाँले पनि त्यही कुरालाई पुष्टी गर्नुभयो । पहिलो वर्षमै उहाँले एकघार मौरीवाट २० घार मौरी र ५० किलो मह बनाउन सफल हुनुभयो । सैनिक सेवामा सिकेको मिहिनेत र अनुशासन उहाँले मौरीपालन व्यवसायमा खर्च गर्नुभयो । १ गोलावाट २० गोला मौरी र ५० किलो मह निकाल्न सफल भएपछि झनझन उत्सुकता बढदै गयो, त्यसपछि अहिलेसम्म डेढ ÷दुई सय मौरीघार खाली भएको छैन,उहाँले भन्नुभयो ।
आधुनिक घारको महलाई मह भन्ने चलन नै थिएन
सुरुसुरुमा मह विकाउन निकै कठिन भयो । कृतिम महको कारण सक्कली मह ओझेमा थियो । चिनीको मह सस्तो हुन्थ्यो, सक्कली मह महंगो हुने भएकोले मान्छेहरु किन्दैन्थे । मह विक्रीको पुरानो अनुभव सुनाउदै उहाँले भन्नुभयो ‘पहिलो वर्ष उत्पादन भएको ५० किलो मह त विक्री नै भएन । विक्री नभएपछि सवै आफन्तलाई वाँडे । त्यतिवेला आधुनिक घारको महलाई मह भन्ने चलनै थिएन । आधुनिक घारवाट निकालेको महलाई चिनीको मह भन्थे । त्यसैले विक्री हुन कठिन थियो । आधुनिक घारको मह स्वच्छ, सफा र कुटरहित हुने भएकोले विस्तारै यो मह खानेको संख्या पनि बढदै गयो । अहिले त मह पुर्याउनै सकिएको छैन । माग बढी छ उत्पादनले भ्याउदैन ।
पहिलो वर्ष एक केजी पनि मह विक्री भएन । दोस्रो वर्ष सय केजी विक्री भयो । अहिले विक्रीको समस्या छैन जति भएपनि विक्री हुन्छ । अहिले तारमीले महिनामा एक लाख रुपैयाको मह विक्री गदै आउनु भएको छ । अहिले १ सय ५० घार मौरी छन । भर्खरै सय घार मौरी बेचे । फेरी २ सय घारको माग छ । उहाँले गोला फटाएर मौरी वेच्नु हुन्छ ।

मौरीवाट वर्षमा ८० लाख आम्दानी
छोटो समयमा मौरीपालन व्यवसायवाट तारामी राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । यो वर्षमात्र उहाँले मौरीपालन व्यवसायवाट करिव ८० लाख रुपैया आम्दानी गुर्न भएको छ । अरु मौरीपालक किसानले उत्पादन गरेको मह किनेर प्याकिङ्ग गरेर वेच्दै आउनु भएको छ । यसवाट अरु मौरीपालक किसानलाई पनि उत्तिकै फाइदा हुदै आएको छ । किनकी उनीहरुलाई मह बेच्न समस्या हुदैन । तरामीले सुर्खेतको मह काठमाडौ, पोखरा देखि जुम्ला, हुम्लासम्म वेच्नु हुन्छ । उहाँको उद्योगमा निर्माण भएका मौरीजन्य सामाग्रीहरु मध्य तथा सुदुरपश्चिमका सवै ठाउँमा जान्छन । उहाँको वि किपिङ्ग एण्ड एग्रो इन्डस्टीजमा घार, टोपी, रानी पीजडा, पंजा, क्वीन स्कुटर, महदानी, धुवादानी, रानी छोक्नेपाता, मौरी छोप्ने झोला, अरिंगाल छोप्ने पासो, रानी उत्पादन गर्ने फ्रेम जस्ता मौरी जन्य समाग्रीहरु निर्माण हुन्छन ।
एउटा भैसी भन्दा सय मौरी पाल्नु ठिक
उहाँले कम लगानीमा धेरै आम्दानी हुने देखेर सैनिक सेवावाट अवकासपछि मौरीपालन व्यवसाय रोज्नु भएको थियो । एउटा भैसी पाल्नु र सयवटा मौरी पाल्नु लाग्ने मिहिनेत उस्तै हो तर आम्दानी भने आकाश पातालको फरक हुन्छ । एउटा भैसी पाल्ने किसानले महिनामा बढीमा २५÷३० हजार रुपैया कमाउन सक्छन भने मौरी पाल्ने किसानले महिनामा कम्तीमा पनि एक लाख रुपैयासम्म कमाउन सकिदो रहेछ उहाँले आफनो अनुभव सुनाउनु भयो । सायद मध्य तथा सुदुर पश्चिम क्षेत्रमै मौरीवाट सवैभन्दा बढी आम्दानी गर्ने किसान म नै हुँला उहाँले थप्नुभयो मौरीपालन व्यवसाय सजिलो पनि छ अप्ठ्यारो पनि छ ।

मौरीको आनीवानी, रोग र बदलिदो मौसम
मौरीपालक किसान सवैभन्दा पहिला मौरीमा लाग्ने रोग र मौरीको आनी वानीवारेमा जानकार हुनुपर्छ । विना जानकारी मौरीपालन गर्न सकिदैन । व्यवसायिक रुपमा मौरी पाल्ने हो भने सामान्यतया हप्ता दिनको तालिम लिनु आवश्यक छ । रोग र आनीवानीको वारेमा जानकार नभए मौरी व्यवसाय फस्टाउन सक्दैन । रोग लागेमा मौरीले घार छाडने, गोला बृद्धि नहुने, मह नलगाउने समस्य हुन्छ । मौरीपालन किसानले मौसमलाई पनि उत्तिकै ख्याल गर्नुपर्छ । उहाँको विचारमा मौरीको आनीवानी, रोग र बदलिदो मौसमवारे जानकार हुन्छ भने त्यो सफल मौरीपालक किसान हुन्छ ।
मौरीपालक किसानले मौरीको स्याहार सुसारमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव तारमी दिनुहुन्छ । चैत्र, बैसाख र जेठ महिनामा प्रचण्ड गर्मी हुन्छ त्यसैले यो समयमा गर्मीवाट बचाउन मौरीलाई छहारी भएको ठाउँमा राख्नुपर्छ । झरीको समयमा मौरी चरन गर्न जादैन । खान पाउदैन । त्यसैले मर्न सक्छ । त्यस्तो वेलामा मौरीलाई विभिन्न किसिमको खाना दिनुपर्छ । चिनी चास्नी, भटमास, गहँु, चना पिसेर कुट बनाएर खुवाउनु पर्छ । पुष –माघ महिनामा जाडो हुने भएकोले मौरीलाई विहानी घाम लाग्ने पारिलो ठाउँमा राख्नुपर्छ । असोज,कार्तिक, मंसिर महिनामा बढी मह उत्पादन गर्ने समय हो । त्यसैले यो समयमा चाकाहरु थप्नुपर्छ । यो वेला किसानले वढी भन्दा बढी फाइदा लिन सक्छन ।

मौरीको ज्ञान, सीप र अनुभव वाडँदै
सफल मौरीपालक किसानको पहिचान वनाउनु भएका अमरवहादुर तारमीले अन्य मौरीपालक किसानलाई आफनो ज्ञान, सीप र अनुभव पनि वाडदै आउनु भएको छ । उहाँले मध्य तथा सुदुरपश्चिम क्षेत्रका धेरै मौरीपालक किसानलाई तालिम र प्रशिक्षण मार्फत मौरीपालन व्यवसायवाट जानकारी दिदै आउनु भएको छ । सुर्खेतलाई मौरीवाट चिनाउने लक्ष्य लिनु भएका उहाँ सुर्खेतमा उत्पादिन महले राम्रो बजार पाउदै गएको वताउनु हुन्छ । उहाँले अहिले प्रशोधित महलाई ५ सय ३० र प्रशोधन नगरेको महलाई पतिकेजी ४ सय ७० रुपैयामा विक्री गदै आउनु भएको छ ।
उत्कृष्ट भएर पनि ओझेलमा
तारामीलाई साना तथा मझैला कृषक आयस्तर वृद्धि आयोजनाले मौरी पालन उद्योगको लागि २२ लाख रुपैया अनुदान सहयोग गरेको थियो । जिल्ला कृषि कार्यालय सुर्खेतले पनि युवा लक्षित कार्यक्रम अन्र्तगत १ लाख ८० हजार रुपैया अनुदान दिएको थियो । त्यो वाहेक उहाँले राज्यको तर्फवाट थप सहयोग पाउनु भएको छैन । राज्यको तर्फवाट अहिलेसम्म कुनै पनि किसिमको सम्मान र पुरस्कार उहाँले पाउनु भएको छैन । त्यसैले उत्कृष्ट किसान भएर पनि उहाँ ओझेलमा पर्नु भएको छ ।
जतिसुकै राम्रा भएपनि पहुँच नभएका किसानलाई सरकारले हेदैन उहाँले भन्नुभयो वास्तविक उद्यमीलाई राज्यले पहिचान गर्न सकेको छैन, पहँुचवालाले नै सेवा सुविधाई पाइरहेका छन । देशको विकास हुन नसकको कारण पनि यही हो तारमीले थप्नु भयो ।प्रत्यक्ष र अप्रत्यक्ष गरी २० जनालाई रोजगारी दिनु भएका उहाँ राम्रा किसानको पहिचान गरी उनीहरुलाई प्रोत्साहन दिनुपर्ने उल्लेख गर्नुहुन्छ ।
नेपालमा उत्पादन भएको महलाई विश्व बजारमा पुरयाउन सके किसानहरुले धेरै फाइदा लिन सक्छन । त्यसको लागि राज्यले पुलका काम गर्नुपर्छ । मौरी पालन व्यवसायीले पनि गुणस्तरमा ध्यान दिनुपर्छ । राज्यले अन्तराष्ट्रिय बजार खोज्नु पर्छ, अनुदान दिनुपर्छ । गुणस्तर चेकजाच गर्नको लागि उच्चस्तरको उपकरणको व्यवस्था गर्नुपर्छ उहाँ भन्नुहुन्छ सरकारले सवैलाई मौरीजन्य फलफुलहरु लगाउन प्रोत्सहान गर्नुपर्छ । विषादीरहित क्षेत्र बनाउनु पर्छ ।
२ वर्षभित्र ५ सय घार मौरी पाल्ने योजना
बाँचुन्जेल मौरीपालन व्यवसाय गर्ने योजना छ । सुर्खेतलाई मौरीको पकेट जिल्लाको रुपमा विकास गर्ने पनि योजना बनाएको छु । हेरौ कति सम्भव हुन्छ । २ वर्षभित्र ५ सय घार मौरी पाल्ने सोच वनाएको छु । सुर्खेतमा अहिले व्यवसायिक रुपमा मौरी पाल्ने किसानहरु १०÷१२ जना मात्रै छन ।

सैनिक भएर देश र जनताको सेवा
सफल मौरीपालक किसानको छवि वनाउनु भएका उहाँ सैनिक जागिरको सिलसिलामा दैलेखको खड्कवाडा गाविस– ८ वेडुगाउँवाट सुर्खेत आउनु भएको थियो । २०३६ सालमा सैनिक सेवामा प्रवेस गर्नु भएका उहाँले १९ वर्ष नेपाली सेना भएर देश र जनताको सेवा गर्नु भएको थियो । सेना वन्ने रहर कसरी पलायो उहाँ भन्नुहुन्छ छिमेकका दाईभाई लाहुरे भएको देखेर सेना हुने रहर पलायो अनि १६ वर्षको कलिलो उमेरमै सेनाको जागिरे भए । त्यतिवेला अहिलेको जस्तो सेना हुनलाई चर्को प्रतिस्पर्धा थिएन, ७ कक्षा पढदै गर्दा सेनामा भर्ति हुनु भएका उहाँले भन्नुभयो भिनाजु कुलबहादुर सारुले सेनामा भर्ति हुन सहयोग गर्नु भएको थियो । वाल्य कालको अनुभाव सुनाउदै उहाँ भन्नुहुन्छ गाउँमा विद्यालय थिएन । सेरी गाउँमा रहेको विद्यालयमा पढन ४ घण्टा जान र ४ घण्टा आउन लाग्थो ।
सुरुको तलव १०८ रुपैया
सेनाको तालिम सकेपछि उहाँको पहिलो पोष्टिङ्ग तत्कालिन रुद्रध्वाज गुल्म मंगलगढी सुर्खेतमा भएको थियो । त्यतिवेला उहाँको तलव १ सय ८ रुपैया थियो । अवकास हुँदा उहाँको तलव ४ हजार पुगेको थियो । सुरुको महिना १ सय ८ रुपैया तलव पाउँदा के के पाए जस्तो लाग्यो, पहिलो तलवले कपडा किने उहाँ सम्झनु हुन्छ ।

शान्ति सेनाको आम्दानीले घरजग्गा जोडे
सैनिक जीवनको तितामिठा अनुभव छन उहाँसँग । सैनिक जीवन कडा अनुशासनको हुन्छ । आफुखुशी कतै जान पाइदैन । रुटीन अनुसार चल्नुपर्छ । विहान ४ बजेदेखि राती ८ बजेसम्म हुने हरेक गतिविधीमा सहभागी हुनुपर्छ । सैनिक जीवनको वोलीविस्तार लगाउदै उहाँ भन्नुहुन्छ जागिरको सिलसिलामा धनगढी, काठमाडौ, जुम्ला, बाँके, सुर्खेत लगायतका विभिन्न जिल्ला पुगियो । उहाँ शान्ति सेनामा पनि जानभयो । शान्ति सेना भएर युगोस्लाभियाममा ६ महिना वस्नु भयो ।
शान्ति सेनामा गएको तलवले सुर्खेतममा घरजग्गा जोडनु भयो । शान्ति सेनामा भएको वेला नेपालका शान्ति सेना क्रोसिया र सर्भियाका सेनाको भिडन्तको वीचमा परेका थिए । कसैलाई केही भएन तर क्रोसियन र सर्भियन सेनाहरु मारिएका थिए । बमवारीको विचमा पनि नेपाली शान्ति सेनाले थप लडाई हुन दिएनन । दुवै देशका सेनालाई मिलाउन सफल भए ।
७ दिनको भोको ४० किलोमिटर दौडदा
सैनिक जीवनका धेरै कुराहरु उहाँको दिमागमा अझै पनि ताजै छन । जंगल वारफेरको तालिम गर्दा निकै कठिन भयो । एक हप्तासम्म जे पायो त्यही खान्थ्यौ । वन्यजन्तु, कन्दमुल जस्ता चिजहरु खानु पथ्यो । ७ दिनसम्मको भोकोलाई अन्तिम दिन ४० किलोमिटर कुदाएको उहाँले भुल्न सक्नु भएको छैन । (पत्रकार प्रकाश पन्तसँग गरिएका कुराकानीमा आधारित)

प्रकाशित मितिः २६ असार २०७४, सोमबार ०८:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *