सुर्खेत, २ असोज ।
उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले आयोजना गरेको व्यवसायिक साक्षरता कक्षा सहजकर्ता प्रशिक्षक÷प्रशिक्षण सम्वन्धी तालिम सकिएको छ ।
महिलालाई कृषिमा व्यवसायिक बनाउने उद्देश्यले गरिएको तालिममा कालिकोट, जुम्ला, अछाम र सुर्खेतका २७ जना सहजकर्ताको सहभागीता रहेको थियो ।७ दिनसम्म चलेको तालिममा व्यवसाय भनेको के हो ? वचत कसरी गर्ने ? आम्दानी बढाउन के गर्ने ? रोग कसरी नियन्त्रण गर्ने, किसानले उत्पादन गरेका वस्तुहरुलाई बजारसम्म कसरी पुर्याउने, बजारीकरण कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको छ ।
यस्तै व्यवसायिक रुपमा उत्पादन बृद्धि गर्न के गर्ने ? किसानका समस्याहरु कसरी समाधान गर्ने ? किसान र उपभोक्तवीच कसरी सम्वन्ध स्थापित गर्ने ? मुल्य श्रृंखला लगायतको बारेमा पनि जानकारी दिइएको छ ।
तालिमको समापन गदै उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजना संचालन भएका गाउँमा व्यवसायिक साक्षरता कक्षाहरु संचालन गरेको बताए ।उनले साक्षरता कक्षावाट महिलाको व्यवसायिक सीप, लैङ्गिक न्याय र सामाजिक सशक्तीकरणमा परिवर्तन आउने विश्वास पनि व्यक्त गरेका छन ।
कृषिमा ६०÷७० प्रतिशतसम्म योगदान महिलाको भएको उल्लेख गदै आयोजना प्रमुख भारीले साक्षरता कक्षाले समूह, सहकारीमा आवद्ध महिलालाई आफूले उत्पादन गरेका कृषि वस्तुको बजारीकरणमा सहयोग गर्ने वताए ।
आयोजनाका बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले विपन्न किसानलाई कृषिको उत्पादन बढाए उनीहरुलाई आयोजनाले धनी वनाउने काम गरेको वताए ।
उनले किसानहरुलाई निर्वाहमुखी कृषि नभएर व्यवसायमुखी कृषि गर्न पनि सुझाव दिए ।भदौ २७ देखि असोज २ गतेसम्म चलेको प्रशिक्षक÷प्रशिक्षण तालिममा बरिष्ठ कृषि विकास अधिकृत रोकायका साथै कृषि विकास अधिकृत सुरेश थापा, पशु चिकित्सक डाक्टर विष्णु धिताल, परामर्शकर्ता हरिमदन अधिकारी, शारदा शेर्पा लगायतले प्रशिक्षण दिएका थिए ।
अहिलेसम्म आयोजनाले २ सय ५१ वटा साक्षरता कक्षाहरु संचालन गरेको र या वर्ष थप ९० वटा साक्षरता कक्षा सञ्चालन गर्न लागेको बताएको छ ।
२ सय ५१ वटा साक्षरता कक्षा मार्फत ६ हजार ४ सय ८० जना महिला किसानहरुलाई व्यवसायिक कृषि उत्पादन बृद्धि जस्ता विषयमा जानकारी दिएको पनि आयोजनाले उल्लेख गरेको छ । छिन्चु–जाजरकोट, सुर्खेत–जुम्ला र सुर्खेत–दैलेख सडक खण्डमा पर्ने सुर्खेत, दैलेख, अछाम, जाजरकोट, सल्यान, कालिकोट र जुम्लामा आयोजनाले काम गदै आएको छ ।
सहजकर्ता प्रशिक्षक÷प्रशिक्षण तालिममा सहभागी सहजकर्ता निर्मलाकुमारी शाही, उषा वुढा लगायतले व्यवसायिक साक्षरता कक्षाले महिलाहरुमा लुकेर रहेको ज्ञान, सीप र क्षमतालाई व्यवहारिक रुपमा गर्न मदत गर्ने उल्लेख गरेका छन ।उनीहरुले तालिमका सिकेका कुराहरुलाई किसानकोमा पुगेर व्यवसायिक रुपमा लागु गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
यसैवीच व्यसायिक साक्षरता कक्षा सहजकर्ता प्रशिक्षक÷प्रशिक्षण तालिमका सहभागी सहजकर्ताहरुलाई उच्च मुल्य कृृषि वस्तु विकास आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले प्रमाण पत्र वितरण गरेका छन ।