समाजसेवी जयन्ती थापाद्वारा वालवालिकालाई न्यानो कपडा

सुर्खेत, २६ कार्तिक
छोरीको जन्म दिनको अवसरमा अमेरिकामा रहनु भएकी समाजसेवी जयन्ती थापाले सुर्खेतको एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गर्नु भएको छ ।
छोरी सुजन चन्दको जन्नदिनको अवसरमा उहाँले बीरेन्द्रनगर १२ पदमपुरमा रहेको जनजागृत प्राथमिक विद्यालयका ५० जना वालवालिकालाई न्यानो कपडा वितरण गर्नु भएको हो ।


आइतवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी समाजसेवी थापाकी आमा पार्वती थापा र भाई मधुकर थापाले वालवालिकालाई न्यानो कपडा वितरण गर्नु भएको छ ।
छोरीको जन्मदिन मनाउदा लाग्ने खर्च ३० हजार रुपैया बचाएर कमजोर आर्थिक अवस्था भएका वालवालिकालाई न्यानो कपडा प्रदान गरेको समाजसेवी थापाले बताउनु भयो ।
विद्यालयमा अध्ययनरत सयजना मध्ये ५० जना वालवालिकालाई समाजसेवी थापाले र वाकी वालवालिकालाई न्यानो कपडा किन्नको लागि मलेशियामा रहेका भक्त बहादुर सिह ठकुरीले २० हजार, शिक्षक संगठनका अध्यक्ष रामबहादुर शाहीले ५ हजार र व्यापारी मणीराम भण्डारीले ५ हजार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानु सुवेदी गैरेले जानकारी दिनुभयो ।
उहाँले विद्यालयमा पढने सवै वालवालिकाको आर्थिक अवस्था कमजोर भएकोले यस्ता वालवालिकालाई सक्दो सहयोग गर्न अरु परोपकारी मनहरुलाई पनि आग्रह गर्नु भएको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले भौगोलिक रुपमा टाढा भएपनि आफनो गाउँघरका वालवालिकालाई सहयोग गरेको भन्दै समाजसेवी थापाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विद्यालय निरीक्षक गजेन्द्र जिसीले समाजसेवी थापाले पे्ररणादायी काम गरेको भन्दै अरुलाई पनि यस्तो काम सिक्न सुझाव दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मितिः २६ कार्तिक २०७४, आईतवार १७:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *