डिआइजी माधव नेपाल एआइजीमा बढुवा

सुर्खेत, २८ कार्तिक ।
नेपाल प्रहरीका डिआइजी माधवप्रसाद नेपाल एआइजी हुनु भएको छ । नेपाल प्रहरीभित्र इमानदार प्रहरी अधिकतको रुपमा परिचित डिआइजी नेपाललाई सरकारले एआइजीमा बढुवा गरेको हो ।
बढुवा सिफारिस समितिको निर्णयअनुसार गृह मन्त्रालयले उहाँसहित चार जना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने गरेको हो ।


बढुवा हुनेमा नेपालसहित हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी र पंकज श्रेष्ठ हुनुहुन्छ । डिआइजी नेपाल अहिले प्रहरी तालिम निर्देशनालयको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
एआइजीमा वढुवा हुनु भएका नेपाल नेपाल प्रहरीभित्र इमानदार प्रहरी अधिकृतको छवि वनाउनु भएको छ ।
म्ध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको प्रमुख हुँदा उहाँले मध्यपश्चिम क्षेत्रलाई लागु औषधमुक्त बनाउने, अबैध तस्करीलाई नियन्त्रण गर्ने र अपराधमा संलग्न हुने ब्यक्तिहरुसंग शुन्य सहनशिलता नीति अख्तियार गरेर काम गर्नु भएको थियो ।
उहाँले विशेष योजना वनाएर अभियान संचालन गरेपछि मध्यपश्चिम क्षेत्रमा आपराधिक गतिविधीमा निकै कमी आएको थियो । उहाँको काम गर्ने शैलीवाट प्रभावित भएका मध्यपश्चिमका जनता अहिले पनि उहाँको निकै प्रशंसा गर्ने गर्छन ।
यसअिघ नै एआइजी भैइसक्नु पर्ने भएपनि नेपाल त्यतिवेला वढुवा हुनु भएन । सरकारले कनिष्ठलाई बढुवा गरेपछि डिआइजी नेपाल त्यतिवेला अन्यायमा पर्नु भएको थियो । क्षमतावान प्रहरी अधिकृत नेपालमाथी अहिले न्याय भएको छ ।
यसअघि ७ जना एआईजी दरबन्दी भएकोमा सरकारले ४ दरबन्दी थपेर ११ बनाएको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा आफैले गृहमन्त्रालय सम्हालेको बेला फेरि ४ जना थपेर एआजीको १५ बनाएको छ । एक जना प्राविधिकसहित एआईजीको दरबन्दी १६ पुगेको छ ।

प्रकाशित मितिः २८ कार्तिक २०७४, मंगलवार ११:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *