टिमुरको बोटमा पैसा टिप्दै भद्र

केही वर्षअघिसम्म जाजरकोट, छेडागाड नगरपालिका–१०, झाप्राका भद्र कामीलाई आप्mनो बारीमा रहेको टिमुरको बुटादेखि रिस उठ्थ्यो । किनभने उक्त काँड बुट्यानले दुःखमात्र दिन्थ्यो । त्यसैले उनले बारीमा उम्रिएको टिमुर फाँडेका थिए । तर, अहिले उनको जीवनमा त्यहि टिमुरको बोट बरदान सावित भएको छ ।
‘टिमुर त पैसा फल्ने रुख पो रहेछ, अहिले आएर बल्ल थाहा भो !’ उनले भने, ‘अहिलेसम्म यसलाई सरापेर बसियो, बल्ल आएर चिनियो ।’ टिमुरले पछिल्लो समय आफ्नो आर्थिक स्तर माथि उकासेको उनले बताए ।


औषधिजन्य टिमुर बिक्री हुन्छ भन्ने थाहा पाएपछि कुनै बेला उखेलेर फालेका बुटा अहिले उनले लगाउन थालेका छन् । हुन पनि उनले टिमुर बेचेरै मनग्ये आम्दानी गरेका छन् । आप्mनो जग्गामा व्यावसायिक टिमुरखेती गरेका छन् । उनले चार रोपनी जग्गामा टिमुर खेती गरेका छन्, जहाँ पाँच सय ५० बोट छन् । यो वर्ष उनले साढे दुई क्विन्टल टिमुर बेचेर एक लाख ३७ हजार रुपैयाँ आम्दानी गरे । ‘हरेक वर्ष टिमुरको मुल्य बढ्दै गएको छ, मेरो बारीमा पनि टिमुर झाँगिदैछ,’ उनले भने, ‘अब त पैसा कमाउन कहिँ जानै पर्दैन ।’
कुनै बेला टिमुका बोट फाँड्ने भद्र अहिले टिमुरका बिरुवा देख्नेबित्तिकै ल्याएर रोपिहाल्छन् । उनलाई हिजो टिमुरका बोट किन फाँडेहुँला भनेर पछुतोसमेत लाग्नेगर्छ । ‘पहिले त औषधी हुन्छ भनेर घरमै खानको लागिमात्र बाह्र भदौमा थोरै टिमुर टिप्थ्यौँ, बाँकी सबै खेर जान्थ्यो,’ उनले भने, ‘अहिले त एक दाना पनि बोटमा रहँदैन ।’
जडिबुटीको रुपमा पनि प्रयोग हुने टिमुर खेतीको बिस्तार र बजारीकरणको लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सहयोग गरेको छ । झाप्राको खलटाकुरामा रहेको त्रिवेणी सामुदायिक कृषि उपभोक्ता सहकारी संस्थामार्फत आयोजनाले किसानलाई टिमुर खेती गर्न प्रेरित गरिरहेको छ । सहकारी संस्थामा आवद्ध भद्रले टिमुर टिप्ने भ¥याङ, सिकेचर पञ्जा, त्रिपाल, चाल्नु, टिमुर सुकाउने सोलार ड्रायर घर पाएका छन् । यसका साथै विरुवा उत्पादन प्रविधि, बगैंचा व्यवस्थापन तथा बजारीकरण सम्वन्धी तालिम पनि लिएका छन् । ‘यो आयोजनाले टिमुरको महत्तत्वमात्र बुझाएन, पैसा फलाउन पनि सिकायो,’ उनी भन्छन्, ‘अब त घरमै बसिबसी पैसा आउने भो !’


आयोजनाको सहयोगपछि उनले गत वर्ष तीन क्विन्टल टिमुर बेचे । गत वर्ष दुई सय ७० रुपैयाँमा बिक्री भएको टिमुुर यसपालि पाँच सय ५० रुपैयाँ पुग्यो । यसले उनलाई थप उत्साही बनाएको छ । टिमुरले आम्दानी दिन थालेपछि पैसाको अभाव भएको छैन । यही टिमुरले छोराछोरीको लालनपालन–पढाइदेखि घरव्यवहार धानेको छ । ४२ वर्षीय भद्रको परिवारमा श्रीमीसहित तीन छोरी र एक छोरा छन् ।
गाउँको राम माध्यामिक विद्यालयमा कार्यालय सहयोगीसमेत रहेका कामीले टिमुर खेतीलाई व्यावसायिक रुपमा अघि बढाउने योजना बनाएका छन् । उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले सहयोगको साथै व्यापारीसँग पनि किसानको सम्वन्ध जोडिदिएको छ । त्यसैले टिमुर बिक्री गर्न समस्या छैन । व्यापारीबीच प्रतिस्पर्धा हुने भएकोले आफुहरुले उत्पादन गरेको टिमुरको मुल्य वर्षेनि बढ्दै गएको भद्र्रको भनाइ छ । ‘विदेशमा गएर अर्काको गुलामी गर्नुभन्दा बुद्धि लगायो भने आप्mनै गाउँमा आम्दानी हुँदोरहेछ,’ उनी भन्छन्, ‘मिहिनेत गर्नुपर्छ, हाम्रो वनपाखामा जताततै पैसामात्रै छ ।’ HVAP को अनलाईनबाट साभार गरिएको ।

प्रकाशित मितिः ६ बैशाख २०७५, बिहीबार ०६:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *