जेष्ठ नागरिकसँग जन्मदिन

सुर्खेत, ५ साउन ।
जाजरकोटको नलगाड नगरपालिका –३ चावलेचौरका एक दम्पतिले छोराको जन्मदिन मनाउदा हुने खर्चले बृद्धा आश्रममा रहेका जेष्ठ नागरिकलाई फलफुल खुवाएका छन ।
नलगाड नगपालिकामा कार्यरत गगन राना र उहाँकी श्रीमति शान्तिले छोरा स्पन्दनको जन्मदिन मनाउदा लाग्ने खर्चले सुर्खेतको प्रशान्ति बृद्धाआश्रमका जेष्ठ नागरिकलाई जुस र फलफुल खुवाउनु भएको छ ।
घरमा भन्दा पनि बृद्धआश्रममा रहेका जेष्ठ नागरिकसँगै जन्मदिन मनाउँदा राम्रो हुने ठानेर छोराको जन्मदिन जेष्ठ नागरिकको सेवामा समर्पित गरेको गगन र शान्तिले बताउँनु भयो ।
छोराको जन्मदिन जेष्ठ नागरिकसँग रहेर मनाउन पाउँदा निकै आनन्दको महुशस गरेको पनि उहाँहरुले उल्लेख गर्नुभयो ।  सामाजिक सेवामा सक्रिय यो दम्पतिले समस्यामा परेका गरिव तथा विपन्न नागरिकलाई निरन्तर रुपमा आर्थिक सहयोग गदै आएको छ ।

प्रकाशित मितिः ५ श्रावण २०७५, शनिबार १६:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *