बद्री पन्त
जाजरकोट २७, साउन
एक हप्ता अघि जाजरकोटको ठाँटीवजारमा पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका पिडित परिवारलाइ नेपाली काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले प्रति मृतक ३० हजारका दरले नगद राहत सहयोग दिनु भएको छ ।
निर्माण व्यावसायी समेत रहेका नेपाली काँग्रेसका महासमिति सदस्य खड्काले पहिरोमा परि मृत्यु भएकाहरुका पिडित परिवारहरुलाई उनीहरुले अस्थायी रुपमा आश्रय लिएर वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममा पुगेर सहयोग रकम दिनु भएको हो ।
आइतवार विहान वृद्धाश्रममा आयोजित एक कार्यक्रममा ख्डकाले उपलव्ध गराएको सहयोग रकम प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत र खड्काले सयँुक्त रुपमा पिडित परिवारलाई रकम हस्पतान्तरण गर्नु भएको हो । पहिरोमा परि मृत्यु भएका भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरु भगवती, रन्जना र मनिषाको लागि प्रति मृतक ३० हजारका दरले एक लाख २० हजार, कुशे गाउँपालिका ५ खुर्पा घर भइ नलगाड नगरपालिका ३ करुवाका गोविन्द परियार र दसरथ परियारको लागि उनीहरुको दिदी सुरीता परियारलाइ ६० हजार , कुशे गाउँपालिका ६ भार्माका नवीन परियारको लागि उनका वुवा कृष्ण परियालाइ ३० हजार तथा सोहि गाउँपालिकाको वडा नम्वर ५ नाउलीखेतका नरेन्द्र परियारको लागि उनका वुवा प्रेम परियारलाइ ३० हजार गरि ९ जनाका पिडित परिवारलाइ खड्काले दुइ लाख ७० हजार नगद सहयोग गर्नु भएको हो ।

कार्यक्रमा प्रुमख जिल्ला अधिकारी वस्नेतले राज्यले गर्नुपर्ने सहयोग खड्काले गरेर ठुलो गुण लगाएको वताउनु भयो । पिडित परिवारलाइ ठुलो रकम सहयोग गरेर खड्काले सरकारी निकायहरुलाइ चुनौति दिएको समेत प्रजिअ वस्तेतले वताउनु भयो । मृतकका परिवारलाई यस अघि केन्द्र सरकारले एक लाखका दरले, प्रदेस सरकारले २५ हजारका दरले, र भेरी नगरपालिकाले ३० हजारले दरले राहत रकम सहयोग गरेका थिए । राहत वितरण कार्यक्रममा काँग्रेस जाजरकोटका नेता खड्काले आफुले पहिरोमा आफन्त गुमाएका पिडित परिवारको दुखमा साथ दिन यो सहयोग गरेको वताउनु भयो । धन भन्दा पनि पिडितहरुको दुखेको मन ठुलो भएकोले आफुले आफनो कमाइको रकमवाट उनीहरुलाइ यो सहयोग गरेको वताउनु भयो । कार्यक्रमा उपस्थित स्थानीयहरुले सरकार र सवै सरोकारलाा निकाय मिलेर खलंगालाइ पहिरोको जोखिमवाट जोगाउने उपाया गर्नुपर्ने माग राखेका थिए ।