मनकारी मनिराम

संघर्षको अन्तिम गन्तव्य हो– सफलता । र, सेवाले दिने परिणाम हो– सन्तुष्टि । जाजरकोटको दुर्गम गाउँ थलारैकरमा जन्मेका मनिराम जैसीले आप्mनो जीवनमा यी दुबै चिज प्राप्त गरेका छन् ।
साढे तीन दसकअघि ५ कक्षा पढ्दापढ्दै आमाको निधन भयो । त्यसले पहिलो असर उनको पढाै थाति राखेर १५ वर्षको उमेरमा कालापहाड (भारत) गए । उत्तर प्रदेशको सहजपुरस्थित उखु मिलमा तीन महिना काम गषको उमेरमा कालापहाड (भारत) गए । उत्तर प्रदेशको सहजपुरस्थित उखु मिलमा तीन महिना काम गरेपछि घर फर्किए । तर, घरमा धेरै अडिन सकेनन् । उनको बाटो पुनः कालापहाडतिर सोझियो । काम खोज्दै रुद्रप्रयाग पुगे, जहाँ करिब ११ वर्षसम्म घर निर्माणसम्बन्धी काम गरे । ‘यही समयमा मैले अलिकति पैसा कमाएर गाउँमा घरजग्गा जोडेँ,’ उनले भने, ‘त्यसअघि त बस्नलाई कटेरो पनि थिएन ।’


त्यसपछि उनी वैदेशिक रोजगारीको सिलसिलामा २०५६ सालमा साउदी अरब पुगे । जहाँ गए पनि मिहिनेत गर्ने स्वभावले उनले त्यहाँ पनि राम्रै कमाइ गरे । गाडीको पाटपूर्जा बनाउने अलमोल्ला इन्टरनेशनल कम्पनीमा ११ वर्ष बिताए । लेवरबाट नोकरी सुरु गरेका उनी टेक्निसियन हुँदै मेसिन अपरेटरसम्म भए । मासिक तीन सय ८० रियालबाट सुरु भएको उनको तलब २०६६ सालमा घर फर्किँदा दुई हजार पाँच सय थियो । ‘मिहिनेत र लगनशील भएर काम गर्ने हो भने जहाँ गए पनि सफलता मिल्दो रहेछ,’ उनी ती दिन सम्झिँदै भन्छन्, ‘मैले भारतमा होस् वा अरबमा त्यस्तै अनुभव सँगाले ।’
प्राथमिक तहको शिक्षा, कालापहाड हुँदै अरबसम्मको कार्य अनुभव । तर, तिनै मनिराम अहिले अमेरिकामा छन् । र, आश्चर्यपूर्ण यात्रा गर्दै त्यहाँ पुगेका उनी संघर्षले छोटो समयमै सफलता चुमिरहेका छन् । क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा पैसामात्र कमाएका छैनन्, मातृभूमिलाई मनग्गे गुन पनि लगाएका छन् ।
पाँच वर्षअघि अमेरिका पुगेका उनले भाँडा माभ्mने कामबाट श्रम सुरु गरे । एक वर्षमै सोही रेस्टुरेन्टमा कुकको जिम्मेवारी पाए । त्यसपछि सुरक्षागार्डको तालिम लिए । अहिले भवन निर्माण कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत छन् । उनले आपूmसँगै चार वर्षअघि श्रीमती शान्तिसहित चार छोराछोरीलाई उतै लगे । छोराछोरी दीपक, डिल्ली, पूर्णप्रसाद र मनिषा उतै उच्च शिक्षा पढ्दैछन् । जेठी छोरी सीताको भने नेपालमै विवाह भएको छ ।
तन अमेरिका भए पनि मन भने नेपालमै छ । त्यसैले त उनी अमेरिकामा बस्ने नेपाली होउन् वा नेपालमै बस्ने नेपाली, परेको बेला सक्दो सहयोग गर्छन् । बालबालिकाको शिक्षामा करिब १० लाख रुपैयाँ सहयोग गरिसकेका छन् । कोहलपुरको ज्ञानकुन्ज विद्यालय होस् वा सुर्खेतको पोषण पुनस्र्थापना केन्द्र, जाजरकोटका मुटुरोगी बालक होउन् वा भूकम्पपीडित बालबालिका, सबैलाई उनले सक्दो सहयोग गरेका छन् । ‘म आपूmले पाएको दुःख सम्झेर हो कि के हो थाहा छैन, दुःख पाएकालाई सहयोग गर्न पाउँदा सन्तुष्ट हुन्छु,’ उनले भने, ‘संघर्ष गरेकै कारण अरुलाई सहयोग गर्ने अवस्थामा पुग्दा खुसी पनि उत्तिकै लाग्छ ।’
विदेशमा बसेर स्वदेशमा सेवा गर्ने भावना कसरी जाग्यो त ? जिज्ञासा भुइँमा झर्न नपाउँदै उनले आप्mना बुवाआमालाई सम्झिए । ‘उहाँहरुले जहिले पनि अरुलाई परेको बेला सहयोग गर्नुपर्छ भनेर दिक्षा दिनुभयो,’ उनले भने, ‘अहिले संघर्ष गरेर यहाँसम्म आइपुगेपछि व्यवहारमा लागू गरेको छु ।’
औपचारिक शिक्षा धेरै नभए पनि उनमा ज्ञानको ठूलो भण्डार छ । १७ भाषा फरर बोल्ने उनी विश्वको जुन कुनामा गए पनि सहजै जीवनयापन गर्नसक्ने हिम्मत राख्छन् । ‘म जहाँ भए पनि नेपाल र नेपालीको मनमुटुमा बस्न सकूँ,’ उनी भन्छन्, ‘यति भए जीवन सार्थक होलाजस्तो लाग्छ ।’ प्रस्तुति प्रकाश पन्त

प्रकाशित मितिः ११ भाद्र २०७५, सोमबार २२:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *