विवाह उत्सव बालवालिकासँग

सुर्खेत, २४ माघ ।
वीरेन्द्रनगर — ८ का दिपेन सुवेदी र लक्ष्मी भण्डारीको दम्पतीले पहिलो विवाह उत्सव कुपोषित बालवालिकासँग मनाएका छन् । विवाहको पहिलो वर्षगाठको अवसरमा विहीवार सुर्खेतस्थित पोषण पुर्नस्थापना गृहमा फलफुल र हरलिक्स वितरण गरेर मनाएका छन् ।


कुपोषित बालवालिकाहरुलाई सेवा गर्ने उद्देश्यले सुवेदी दम्पतीले गृहमा आश्रित बालवालिका र उनीहरुका आमालाई संयूक्त रुपमा फलफूल र हरलिक्स प्रदान गरेका हुन् । दिपेन बीरेन्द्रनगर नगरपालिकाका अधिकृत हुन भने लक्ष्मी राष्टिय समाचार समितिमा कार्यरत छन् ।
कुपोषित बालवालिकाको पोषणमा सुधार गर्ने उद्देश्यले विवाह वर्षगाठका अवसरमा सो कार्यक्रम गरिएको सुवेदी दम्पतीले बताए । पुर्नस्थापना गृहमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच बालिका र चार बालक गरी नौ जना आश्रित रहेका छन् ।


फलफूल वितरण पछि पुर्नस्थापना गृहमा रहेकी दैलेखकी रीमा कँडेलले आफुहरु खुसी भएको बताइन् । उनले कुपोषित बालवालिकाहरुलाई फलफुल वितरण गरेकोमा सुवेदी दम्पतीलाई धन्यवाद व्यक्त गरिन् ।


पुर्नस्थापना गृहका प्रमुख प्रभा सिंहले यस्ता खालका गतिविधिले सामाजिक सेवामा लाग्न प्रेरणा जगाउने र पुर्नस्थापना गृह सञ्चालनमा सहयोग पुग्ने बताइन् ।

प्रकाशित मितिः २४ माघ २०७५, बिहीबार १८:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *