कामको बोझले थिचिएका कर्णालीका महिला

प्रकाश पन्त

बीबीसी नेपाली सेवा

नलगाड नगरपालिका–५ पोखरा, जाजरकोटकी शर्मिला कुसारी  घरखर्च चलाउने पैसाको जोहो गर्न कालापहाड (भारत) जाने–आउने गर्छिन् ।

स्याउ टिप्ने सिजन सुरु भएपछि यसपाली आफन्तसँग भारत गएर घर फर्किएकी उनीले चार महिनामा करिव ६० हजार रुपैया कमाएर ल्याएको बताइन् ।

१३ बर्षअघि कमाउन कालापहाड गएका पतिको अहिलेसम्म केही अत्तोपत्तो छैन् । छोराछोरी सानै छन, साथ दिने अरु कोही छैन्, उनी भन्छिन, बर्षभरीको खर्च जुटाउन कालापहाड जान बाध्य भए ।

गाडीले जाजरकोटको तल्लुबगारसम्म पुर्याएको विद्युतका सामानहरु रुकुमको गोतामकोट ओर्सादै महिलाहरु ।

सधै काममा 

सधै काममा खटिरहने उनको काँधमा चार छोराछोरीलाई पढाउने लेखाउनेदेखि पालनपोषण गर्ने जिम्मेवारी पनि छ ।

खेतीपाती लगाएर कालापहाड जाने र ढल्याउने बेला घर आउने गरेकी उनी जति दुख गरेपनि सुखका दिनहरु नभेटिएको बताउँछिन् ।

आठबीस नगरपालिका दैलेखकी प्रमिला कुमारी सिजापति विहान भालेको डाकोसँगै उठ्छिन् ।

उठन् वित्तिकै दैलो पोत्ने, घरको सरसफाई गर्ने, खाना पकाएर परिवारलाई खुवाउने, घाँस दाउँरा गर्ने, दिउँसो गोठाला जाने आफ्नो दैनिकी भएको बताउँछिन् ।

खानेपानी योजनाको पाइपहरु बोकेर रुकुमको छेपारेमा ।

आराम आराम छैन

एउटा काम सकेर पुरुषहरु डुलेरै दिन विताउँछन् । तर हामी महिलालाई भने धेरै दुख छ, ‘उनी भन्छिन, सुत्केरी र महिनावारी हुँदा समेत राम्रोसँग खाना र आराम गर्न पाइन्दैन ।’

डोल्पा सर्मीकी उषाकुमारी सिंह कर्णालीका दुर्गम गाउँका महिला कामको बोझले थिचिएको गुनासो गर्छिन् ।

विहान ४ बजेदेखि राती १०–११ बजेसम्म काममै जोतिनुको विकल्प हुदैन्, उनी भन्छिन, ‘जस्तो दुख भएपनि महिलाले काम नगरी सुखै पाउँदैनौ ।’

गाईबस्तुलाई खुवाउने खर घाँस बोकेर घरफर्किदै गरेका कालिकोटका महिलाहरु ।

जोखिमपूर्ण काम

शर्मिला, प्रमिला र उषाजस्तै कर्णालीका दुर्गम गाउँका अधिकाश महिला कामको बोझले थिचिएको बताउँछन् ।

चुलोचौकोदेखि, गाईभैसी दुहुने, खेतवारी जोतखन गर्ने जस्ता जोखिमपूर्ण मानिएका  कामहरु गर्न आफुहरु बाध्य भएको उनीहरुले बताए ।

पुरुषहरु कमाउन कालापहाड र वैदेशिक रोजगारीमा जाने भएकोले चुुलोचौकोदेखि खेतीपातीसम्मको काम धान्नु पर्ने बाध्यता उनीहरुको छ ।

महिलालाई दुखले कहिल्यै छोडेन्, जुनीचाँदे जाजरकोटकी ७४ बर्षिया जयकली खड्का भन्छिन, ‘हामीले हातपाखुरी चलाएनौ भने घरव्यवहार पनि चल्दैन् ।’

चुलोमा खाना पकाउँदै गरेकी एक जना महिला कालिकोट ।

दुखमा कमी

पहिलेको भन्दा अहिले महिलाको दुखमा कमी आएको अनुभूति गरेकी उनी मुसलले धान कुटने, कोलमा तेल पेल्ने, डोकोमा ग्रागी बोकेर पानी खाने दिन हराए पनि अरु दुख भने ज्यूका त्यू नै रहेको बताउँछिन् ।

कर्णालीका गाउँबस्ती महिलामै निर्भर छन् । जति काम गर्दा पनि सुखका दिनहरु भेटिएनन्, कर्णालीका महिलाहरु भन्छन्, ‘सुख कस्तो हुन्छ अहिलेसम्म महशुस गर्न पाएका छैनौ ।’

विरामी हुँदा राम्रा अस्पताल नगएको, गर्भवती, सुत्केरी र महिनावारीको अवस्थामा पनि जोखिमपूर्ण काम गर्नु पर्ने बाध्यता रहेको महिलाहरु गुनासो गर्छन् ।

भान्सा नछुदा अझ धेरै काम

महिनावारी र सुत्केरी हुँदा आराम गर्नु पर्ने हो तर त्यो वेला भान्स नछुने भएकोले झन् धेरै काम गर्नु पर्छ प्रमिला भन्छिन, ‘‘गर्भवती हुँदा पनि कामै हुन्छ अनि सुत्केरी भएको १२–१३ दिनदेखि नै घाँस दाउरा नवोकी सुखै हुदैन् ।’

निधारमा नाम्लो र पिठ्युमा भारीले कहिल्यै छोडेन् जाजरकोटकी रुपा खड्का भन्छिन, ‘भालेको डाकोसगै राती अवेरसम्म काम नगरी हुदैन कतिवेला आराम गर्ने ?’

जंगलबाट घाँस काटेर घर ल्याउदै गरेका सुर्खेत मेहलुकनाका महिलाहरु ।

उनी भन्छिन्, ‘काखको बच्चालाई बोकेर सकि नसकी घर धानेको कसैले देख्दैनन् तर पुरुषले थोरै कमाएर ल्याए भने त्यो नै ठुलो देखिन्छ ।’

अकालमै ज्यान

घाँस दाउँदा जाँदा रुख र भीरबाट लडेर कर्णालीका कतिपय महिलाले अकालमै ज्यान समेत गुमाएका छन् ।

जोखिमपूर्ण काम गर्दा पाठेघर खस्ने, उच्च रक्तश्राव हुने, टाउको दुुख्ने, ढाड दुख्ने जस्ता समस्याबाट दुर्गम गाउँका महिलाहरु पीडित हुदौ आएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अन्नवाली लगाउँने, गोडमेल  गर्ने र भित्याउने वेला कामको बोझ झन् बढ्छ, कालिकोटकी जन्मकला सिहं भन्छिन, ‘पशुचौपाय नपाली मल हुदै, मल नगरे बाली लाग्दैन, वाली लागेन भने खान पाइदैन् यो सवै काम महिलाले नै गर्नु पर्ने भएकोले धेरै दुख छ ।’

दुख पीडा समान

गृहणी हुन् या सरकारी सेवामा कार्यरत कर्णालीका महिलाको दुख र पीडा भने समान रहेको अन्नपूर्ण माध्यामिक विद्यालय डोल्पाकी शिक्षिका उषाकुमारी सिंह बताउँछिन् ।

जागिर खाएपनि चुलोचा, घाँस दाउरा काटनै पर्छ, स्याउला सोत्तर ल्याउनै पर्छ, गोठाला पनि जानै पर्छ उनी भन्छिन, ‘पहिला महिलाले हलो जोत्नु हुदैन भनिन्थ्यो तर अहिले महिलाले जोतेनन् भने खेतवारी बाँझै हुन्छ ।’

कामको बोझ र सन्तुलित आहारको अभावले गर्दा जवानीमै बुढो देखिनु पर्ने अवस्था पनि रहेको कर्णालीका महिलाहरुको गुनासो छ ।

महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सरकारी र गैरसरकारी निकायले काम गरेको दावी गरेपनि त्यस्ता कार्यक्रमले आफुहरुलाई नछोएको महिलाहरु बताउँन् ।

कसले के गरिरहेको छ भन्ने हामीलाई थाहाँ हुदैन जो आएपनि हाम्रा दुख जहाँका त्यही छन् ।

भैसी दुहुदै गरेकी जाजरको लहँकी एक जना महिला ।

कार्यबोझ धेरै

कर्णालीका महिलाका बारेमा पुस्तक लेखेकी जुम्लाकी लक्ष्मीकन्या बुढा अन्यत्रका भन्दा कर्णालीका महिलाको कार्यबोझ धेरै भएको बताउँछिन् ।

‘महिलाले मात्र काम गर्नुपर्छ भन्ने पुरुषको सोचाईले गर्दा पनि महिला दिदीबहिनीहरुले झ्न बढी दुख पाएको उनको तर्क छ ।

पुरुषको तुलनामा महिलाहरु दैनिक गुजरा चलाउन कडा श्रम गर्न बाध्य भएको उनले बताइन् ।

दुर्गम गाउँका अधिंकाश महिलाले अझै पनि गाडी  गाडी चलेका छैनन् भने विरामी पर्दा डाक्टरको पनि अनुहार देख्न नपाएको गुनासो गर्छन् ।

जति सुकै सुखदुख भएपनि आफैले व्यहोर्नु पर्ने महिलाहरु बताउँछन् ।

कर्णालीका दुर्गम गाउँका महिलाहरु सडक, पुल, खानेपानी योजनाका  सामानहरु बोक्नेदेखि अन्य जोखिमपूर्ण काम गदै आएको बताउँछन् ।

उमेर नपुग्दै विवाह गर्ने अनि वुहारी बनेर घरको सम्पूर्ण काम  गर्नुपर्ने अवस्थाले गर्दा झन् दुख पाएको महिलाहरु बताउँछन् । (बीबीसी नेपाली सेवाबाट साभार गरिएको )

प्रकाशित मितिः ६ पुष २०७६, आईतवार १७:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *