बीरेन्द्रनगरमा भेटियो विश्वमै दुर्लभ लोभीपापी गरुड

बद्री पन्त
सुर्खेतको बीरेन्द्रनगरमा विश्वकै दुर्लभ मानिएको लोभीपापी गरुड फेला परेको छ । दुर्लभ पंक्षीबारे लामो समयदेखि अध्ययन अनुसन्धानमा जुटेका पंछी खोजकर्ता गोविन्द सिंहले उक्त गिद्ध फेला परेको बताए ।
समुन्द्री सतहदेखि ६५१ मिटरको उचाइमा दुर्लभ मानिएको लोभिपापी गरुड (Asian woolly neck) शनिवार अर्थात  फागुन १७ गते कांक्रेविहार क्षेत्रको गोरे खागलमा फेला परेको उनले बताए । कांक्रेविहार क्षेत्रको गोरे खागलमा भेटिएको दुर्लभ लोभिपापी गरुड तस्वीर गोविन्द सिह
एउटै ठाउँमा ५ जोडी फेला परेको भन्दै सिंहले यस्ता दुर्लभ पंछीको पहिचान र संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । लोभीपापी गरुडको कालो रंगको शरीर, सेतो मसिना भुवादार घाँटी, लामो रातो खैरो चुच्चो, सेतो छाती, खुट्टा रातो लामा हुन्छ ।
यो सिमसार अर्थात ओसिलो भएको ठाउँमा पाईन्छ । समुन्द्र सतह ३०० नेपालगंजदेखि १४०० मिटरसम्म यो पाइएको छ । सिंहले आफ्नो एक्लो प्रयासबाट जाजरकोट, सुर्खेतको सिम्ता र बाँकेको चिसापानीमा गुढ पनि भेटाएका थिए ।
अग्ला सिमल, सालका रुखमा बस्ने र गुढ लगाउँने भएकोले वनजंगल फँडानी हुँदा बासस्थानमा असर पुगेको पाइन्छ । खेतवारीमा विषादी हालेर मुसा मार्दा त्यो मुसा खादा पनि यसको अस्तित्व संकटमा परेको छ ।कांक्रेविहार क्षेत्रको गोरे खागलमा भेटिएको दुर्लभ लोभिपापी गरुड तस्वीर गोविन्द सिह
यसले बालीलाई नोक्सान गर्ने किरा फटयांग्रा, भ्यागुता, सर्प मुसा खाएर बालीको सुरक्षा समेत गर्ने उनले बताए । कतिपयले यसलाई गुलेली, बन्दुक, पासोमा मारेर र ढुङ्गाले हानेर मारेको पनि पाइएको अनुसन्धानकर्मी सिंहको भनाई छ ।
बारेकोट गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतको रुपमा कार्यरत सिंहले कर्णाली प्रदेशका विभिन्न जिल्लामा धेरै दुर्लभ पंछी र बन्यजन्तु फेला पारेका छन् ।

( कांक्रेविहार क्षेत्रको गोरे खागलमा भेटिएको दुर्लभ लोभिपापी गरुड तस्वीर गोविन्द सिह )

प्रकाशित मितिः १८ फाल्गुन २०७६, आईतवार ०६:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *