
आदर्श केसी
रुकुम, ५ असार ।
राप्तीका पाँच जिल्ला एक आपसमा मिलेका जिल्ला,रहनसहन र भेषभुषा कला सस्कृति पनि उत्तिकै मिलेका जिल्ला,एक जिल्ला बाट अर्को जिल्ला सग कुनै न कुनै नाता । यस्तै झल्को दियो आइतबार रुकुमको सदरमुकाम खलंगामा राप्तीका पाचै वटा जिल्लाबाट सहभागि बनाइएका लोक नृत्य प्रर्दशन कार्यक्रमले । रुकुमको सदरमुकाम खलंगा संगितमय बन्यो ।
पहिलो पटक रुकुममा आयोजना गरिएको पाच जिल्लाका नृत्य कलाहरुले सहभागिताले रुकुमेलीलाई एकताको झल्को दिइरहेको थियो । रमाइलो सास्कृतिक कार्यक्रम भएपनि कतिपय ब्यक्तिहरु निकै भावुक थिए । कार

ण थियो राप्तीका पाँच जिल्ला अलग अलग भएपछि सायद अन्तिम पटक राप्तीको नाममा आयोजना गरिएको अञ्चलको प्रतियोगिता ।
रुकुमका ब्यापारी मोहवीर खड्का अव हामी राप्ती भनेर यसरी एकै हुने अवस्थाको अन्त्य भयो यो दुख लागेको छ । खड्काको यो भनाइ अञ्चल छुट्टिदाको पिडा सग सम्बन्धित थियो । संघियतामा जादा राप्तीका पाच जिल्लालाई टुक्राउन हुदैन भनेर रुकुममा चलेको आन्दोलनको अगुवा गर्नेको खड्का पनि एक हुनुहुन्थ्यो । हाल सल्यान र रुकुमलाई प्रदेश नम्बर ६ मा गाभेपछि रोल्पा, प्युठान र दाङ प्रदेश नम्बर पाचमा भए अव राप्ती टुक्रिएको छ । यही अवस्थामा पनि जिल्ला विकास समिति रुकुमले राप्ती अञ्चलका पाच जिल्लाका प्रख्यात नृत्यहरु एकै ठाउमा भेला गरेर पाच जिल्लाको आत्मीयता जोडिदिएपछि रुकुमेली र सल्यानीहरुलाई अञ्चल छुट्टिदाको पिडाले पोलेको रुकुमका युवा पत्रकार हरि गौतमको भनाइ छ । कार्यक्रममा सहभागी सबैको यस्तै अनुभति थियो ।


लोक नृत्यमा प्युठानको सराय आर्कषक
रुकुम भ्रमण बर्ष २०७२ को समापन र रुकुम सास्कृतिक प्रर्वद्धन बर्षको शुभआरम्भको अवसरमा जिल्ला बिकास समिति रुकुमको संयोजनक र राप्ती अञ्चल पर्यटन प्रर्वद्धन समितिले आयोजना गरेको लोक नृत्यमा प्युठानको (सराय¬) तरवार नृत्य निकै आर्कषक बन्यो । परापुर्वकालमा बदमास राजालाई त्यसरी नै लखेटेको इतिहास बोकेको उक्त नृत्य प्र्रतियोगितामा प्रथम स्थान पनि हासिल गरेको थियो ।
समुहमा नाचिने उक्त नृत्यमा धारिलो तरवार निकै रमाइलो तरिकाले घुमाएर नाच्ने गरिन्छ । कार्यक्रममा रोल्पा,दाङ,सल्यान र रुकुमका पैसेरी र मयुर नृत्यहरु पनि आर्कषक नै बनेका थिए । उनीहरुलाई प्रतिष्पर्धा समेत गराइएको थियो । प्रतिष्पर्धामा रुकुमको मयुर नृत्य द्धितिय, दाङको महिलाको थारु नृत्य तृतिय र सल्यानको बनगारी र रोल्पाको मगर महिलाहरुको नृत्य सान्त्वना स्थान आए । रुकुमको पर्यटन विकास र प्रर्वद्धन गर्न जिल्ला बिकास समिति रुकुमले गएको बर्षलाई रुकुम भ्रमण बर्षको रुपमा मनाएको थियो । उक्त अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा पर्यटन महोत्सव,गाउ गाउमा कला सास्कृतिको बिकासको लागी विभिन्न तालिम,होमस्टे बिकासको लागी पर्यटकिय स्थलहरुमा घरबास तालिम आदी संचालन गरेको जिल्ला बिकास समिति रुकुमका स्थानिय बिकास अधिकारी भरत कुमार शर्माले जानकारी दिनु भयो । भ्रमण बर्ष विधिवत तरिकाले समापन गरियो अव सास्कृतिक प्रर्वद्धन बर्षको सुरुवात गर्नको लागी राप्तीका सबै जिल्लाको लोकनृत्य प्रर्दशन हामीले गरेका हौ अधिकारी शर्माले भन्नु भयो । कार्यक्रममा जिल्ला जिल्लाबाट ठुलो सख्यामा कलाकारहरुको सहभागिता रहेको थियो ।