बाढीले पुल बगायो

IMG_3628
वाढीले पुल बगाएपछि जोखिमपूर्ण यात्रा गदै सर्वसाधारण ।

बद्री पन्त
रुकुम १८, असार
जाजरकोट – डोल्पा सडक खण्ड अन्र्तगत रुकुम जिल्लाको घेत्मा गाविस ७ र ८ जोड्ने बाँकेज्यूलाको दुई वटा काठेपुल घेत्मा खोलामा आएको बाढीले बगाएको छ ।
बाढीले काठे पुल बगाएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । पुल बगाएपछि जाजरकोट, डोल्पा,र रुकुमका स्थानीयलाई खोला पार गर्न समस्या भएको घेत्मामा तीलक पुनले बताए ।
पक्की पुलको व्यवस्था नहुदा वर्षेणी समस्या हुने गरेको छ । पटक पटक पक्की पुलको माग गर्दा पछि गाविस, जिविसले वेवास्था गरेको उनले आरोप लगाए ।
खोलामा पानी बढेकाले तत्काल वैकल्पिक व्यवस्था गर्ने ठाउँ समेत नभएको स्थानीयले बताएका छन् ।
खोलामा वाढी आएपछि छेपारे, चिसापानी, राडिज्यूलाको यातायात सेवा समेत प्रभावित भएको छ ।

प्रकाशित मितिः १८ असार २०७३, शनिबार ०९:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *