रुकुम २०, असार ।
रुकुमको पूर्वी गाविसमा मंगोल नेशनल नामक पार्टीका कार्यकर्ताले हतियारसहित गाउँमा चन्दा आतंक मञ्चाउन थालेपछि स्थानीय बासिन्दा आतंकित भएका छन् ।
प्वाङ र जाङमा मंगोल नेशनलका कार्यकर्ताले घर घरबाट युवाहरु लैजान थालेका छन् । यसले गर्दा युवाहरु गाउँबाट विस्थापित भएका छन् ।
मंगोल पार्टीका कमाण्डर उपेन्द्र घर्तीमगरले प्रत्येक घरबाट एक जना व्यक्ति आफनो लडाकु दस्तामा समावेश हुन उर्दी जारी गरेपछि युवाले घर छाडेका हुन् ।
पार्टीका कार्यकर्ताले एक घरबाट एक जना र १५ देखि ३० हजार रुपैयाँसम्म चन्दा मागेका कारण जनजीवन निकै त्रसित बनेको स्थानीय बासिन्दाको भनाई छ ।
सुरक्षा निकायले भने यसबारेमा केही जानकारी नआएको जनाएको छ ।