रुकुममा मदिरा नष्ट

बद्री पन्त
पश्चिम रुकुम ११, चैत ।
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ४ अनापानीमा प्रहरीले अवैद्य घरेलु मदिरा नष्ट अभियान थालेको छ । घरेलु मदिराको उत्पादन तथा विक्री नियन्त्रण गर्न उक्त अभियान थालेको हो ।
नगरपालिकाले सिलबन्दी तथा घरेलु मदिरा विक्री गर्न नपाइने पर्तिवन्ध लगाएको छ । नगरपालिका लगायत बजारमा रहेका होटल तथा खाजा पसलमा उक्त मदिरा विक्री वितरण नगर्न उर्दी जारी गरेको ४ का वडा अध्यक्ष बाबुराम बिष्टले बताउँनु भएको छ । मदिराको कारण समाजमा अपराधका घट्ना बढ्न थाले पछि प्रहरीले यस्तो अभियान थालेको छ ।


अभियानको क्रममा प्रहरीले जाँड १ हजार १ सय लिटर, रक्सी १ हजार ५० लिटर मदिरा नष्ट गरेको छ । आठवीसकोट नगरपालिका वडा नं. ४, ५ र ६ को विभिन्न स्थानबाट उक्त मदिरा बरामत भएको प्रहरी चौकी आनाका प्रमुख ओमप्रकाश शर्माले बताउनु भयो । मदिरा उत्पादनमा प्रयोग हुने भा“डा पनि बरामत गरेको शर्माले बताउनु भयो । बजारमा छ्याप्छ्याप्ती अवैद्य मदिरा उत्पादन र विक्री वितरण हुने गरेपछि आठवीसकोट नगरपालिका कठोर भएर अगाडि बढेको हो ।
मदिरा सेवनबाट घरेलु हिंसा, महिला हिंसा, बलात्कार, चोरी, कुट्पिट, हत्या लगायत अपराधिक घट्ना घट्न थालेपछि नगरपालिकाले घरेलु मदिराको उत्पादन तथा विक्रीमा पूर्ण रोक लगाएको छ । जिल्ला समन्वय समिति पश्चिम रुकुमले जिल्लालाई नै मदिरा नियन्त्रण मुक्त जिल्ला बनाउन यो अभियान जिल्लाभर लागु गरेको जनाएको छ ।
मदिरा नियन्त्रणले सामाजिक अपराधका घटना न्युनीकरण हु“दै जाने आठवीसकोट नगरपालिकाका नगर प्रमुख गोरख केसीले बताउनु भएको छ । गाउँ÷टोलमा उत्पादीत कम मुल्यको अवैध मदिरा सेवनबाट स्थानीय विच कुट्पिट र हिंसाका घटना हुने गरेका छन । खुलेयाम विक्री तथा सेवन हुन नपाएपछि गाउ÷टोलमा मदिरा सेवन गरेर होहल्ला गर्नेहरु घटेका नगरले जनाएको छ ।

प्रकाशित मितिः ११ चैत्र २०७५, सोमबार २१:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *