सिटामोल किन्न ५ घन्टा पैदल

ndexवैशाख १८, २०७३- सिस्ने (रुकुम)– सिस्ने – ८ सिस्नेपोखरीका बासिन्दा एउटा सिटामोल किन्न ५ घन्टा पैदल यात्रा गर्नुपर्छ । उनीहरूको सबैभन्दा नजिकको स्वास्थ्यचौकी सिस्ने– २ भट्टेचौरमा छ । सामान्य बिरामी पर्दा पनि चेकजाँच गर्नुपरे स्थानीय भट्टेचौर पुग्नुपर्छ । यही कारण यहाँका स्वास्थ्य चौकी होइन, धामीझाँक्रीको भर पर्न बाध्य छन् । ६२ वर्षीया शकुन्तला बुढा अहिलेसम्म दर्जनौंपटक बिरामी भइन् । तर, उनी अहिलेसम्म स्वास्थ्य चौकीमा उपचार गराएकी छैनिन् । ‘बिरामी भए धामीझाँक्रीकोमा पुग्छांै,’ उनी भन्छिन्, ‘अस्पताल जान ५ घन्टा लाग्ने भएकोले धामीझाँक्रीकै भर बढी छ ।’ उनकै छिमेकी ५२ वर्षीय पम्फा बुढाले पनि आफू र परिवारका ४ जना सदस्यहरू बिरामी हुँदा अहिलेसम्म धामीझाँक्रीकोमै जाने गरेको बताइन् । उनीहरूमात्र होइन गाउँका सबैजसो घरधुरीमा स्वास्थ्य चौकीभन्दा धामीझाँक्रीकै भर छ । स्थानीयका अनुसार, स्वास्थ्य चौकी टाढा भएपछि उनीहरू धामीझाँक्रीकै भर पर्न थालेका हुन । स्थानीय शिक्षक उमेश खड्काले जटिल अबस्थामा बिरामी पर्दा मात्र स्वास्थ्य चौकी जाने गरेको बताए । उनले गाविसका कुनै न कुनै घरमा दैनिक धामीझाँक्री बस्ने गरेको जनाए । धामीझाँक्रीहरूले गर्ने जडिबुटीको उपचारबाट स्थानीयबासीको रोग सन्चो हुने गरेकाले पनि उनीहरू स्वास्थ्य चौकीभन्दा धामीझाँक्रीको भर पर्छन् । युवाहरूको स्वास्थ्य चौकीप्रति भरोसा भए पनि बूढापाकाहरू विरामी भएपछि स्वास्थ्य चौकी जान मान्दैनन् । बिरामीहरूको धामीझाँक्रीप्रतिको विश्वासले यहाँका धामीझाँक्रीहरू व्यावसायिक बन्दै गएका छन् भने युवापुस्तामा पनि यसको मोह पलाएको छ । स्थानीय युवा सोविराम बुढा स्थानीय स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीहरू नियमित नहुनु, औषधिको पर्याप्तता नहुनु र स्वास्थ्य चौकी भोगोलिक रूपले टाढा हुनुले धामीझाँक्रीप्रति विश्वास भएको बताउँछन् । धामीहरू स्थानीय जडिबुटिहरू र तान्त्रिक विधिअनुसार जस्तोसुकै बिरामीलाई पनि ठीक पार्ने दाबी गर्छन् । स्थानीय धामी प्रेमबहादुर बुढा ४५ बर्षदेखि यो काम गरिरहेको बताउँछन् । उनले अहिलेसम्म आफूले हेरेका सबै बिरामीलाई निको बनाएको दाबी गरे । उनले तान्त्रिक विधिबाट नभए घरेलु औषधि र जडिबुटीबाट बिरामीलाई ठीक पारिरहेको दाबी गरे । उनले एकजना बिरामीको उपचार गरेबापत दुई हजार रुपैयाँसम्म लिने गरेको जनाए । सिस्नेस्थित स्वास्थ्यचौकीका इन्चार्ज शंकर ओलीले जनचेतनाको कमीका कारण यस्तो समस्या आएको बताउँछन् । बालविवाह गर्न नहुने जान्दाजान्दै परिवार र समाजका लागि १४ वर्षमै दुलाहा बनेका हुन् दीपक बोहरा । उनले एक वर्ष जेठी पत्नी भित्र्याए, उनैले घरधन्दा र खेतीपाती धान्दै आएकी छन् । १६ वर्षीय धनराज बोहराको भनाइमा गाउँमा शिक्षित मान्छे अभावमा यो कुसंस्कारले निरन्तरता पाइरहेको हो ।

http://kantipur.ekantipur.com/printedition/news/2016-04-30/20160430204604.html

http://kantipur.ekantipur.com/printedition/news/2016-04-30/20160430204604.html

प्रकाशित मितिः ५ जेष्ठ २०७३, बुधबार १२:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *