बिग्रिँदै लघु तथा साना जलविद्युत् आयोजना

magesचैत पहिलो सातादेखि सदरमुकामस्थित मुसीकोट नगरपालिकासहित यहाँका ५ गाविसमा तीन महिनाका लागि विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ । मर्मत र पुनर्निर्माण भन्दै बाँफिकोटको भाग्लेस्थित स्यार्पुदह साना जलविद्युत् बन्द गरिएको हो । ०४५ मा निर्माण भएको आयोजनाको मेसिनहरू जीर्ण बन्दै गएपछि त्यसको विस्थापन गरी नयाँ मेसिनहरू जडान गर्न बन्द भएको हो ।

दोस्रो ठूलो व्यापारिक केन्द्र चौरजहारी नगरपालिकामा विद्युत् सेवा बन्द भएको १० महिना भयो । जेठको पहिलो सातादेखि चौरजहारी हाइड्रोपावरमार्फत सञ्चालित विद्युत् आयोजना बन्द भएपछि चौरजहारी नगरपालिकाका झन्डै एक हजार घरधुरी अन्धकारमा छन् । त्यस्तै चौथो व्यापारिक केन्द्र मानिने आठबिसकोटस्थित गिजागाड लघु जलविद्युत् आयोजना बन्द भएको ६ महिनाभन्दा बढी समय भइसकेको छ ।
जिल्लामा निर्माण भएका एक दर्जनभन्दा बढी साना तथा लघु जलविद्युत् आयोजना बन्द हुँदै गएका छन् । बन्द भएका आयोजनाहरूको तथ्यांक नभएको जिविसले जनाएको छ । डेढ वर्ष अघिदेखि मुसीकोट नगरपालिका ७ स्थित पानाखोला साना जलविद्युत् आयोजना बन्द भएपछि काम्ले, मेलचौर र दाइकाँडाका ७० भन्दा बढी घरधुरी अँध्यारोमा बस्दै आएको स्थानीय नागरिक अगुवा बसन्त खत्रीले जनाए ।

प्रकाशित मितिः ५ जेष्ठ २०७३, बुधबार १३:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *