१६ वर्षपछि किरिया

agesदार्माकोट–१ घुसखोलाका सत्यदेव शर्मालाई इलाका प्रहरी कार्यालय फारुलाबाट गएको प्रहरी टोलीले ०५६ फागुन १३ गते पक्राउ गर्‍यो । त्यसै दिन प्रहरी कार्यालयको शौचालयमा यातना दिई गोली प्रहार गरी हत्या गर्‍यो । उनको मृत्यु भएको १६ वर्षपछि परिवारले बल्ल किरिया गरेका छन् । हत्या भएपछि परिवारले उति बेलै हिन्दु धर्मअनुसार दाहसंस्कारको तयारी गरेका थिए । तर, माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले किरिया गर्न नदिएपछि अहिले मात्र किरिया गर्न पाएका हुन् । द्वन्द्वकालभरि किरियाको मौका नजुुरेको परिवारले जनाएको छ । मृतक शर्माका छोरा नवीन, कवि र सुुवास तीन दिनदेखि १३ दिने किरियामा बसेका छन् ।

माओवादीका सामान्य कार्यकर्ता सत्यदेव भूमिगत नभए पनि पार्टीका सहयोगी थिए । सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरी कार्यालयमै हत्या गरेको उनका भतिजा सुदाम शर्माले बताए । ‘त्यसबेला माओवादीले अरू कार्यकर्तामाथि थप आक्रमण हुन सक्ने भन्दै किरिया गर्न दिएन,’ उनले भने, ‘हिन्दु परम्पराअनुसार पितृ मोक्ष र आत्मशान्तिका लागि किरिया सुुरु गरेका हौँ ।’ त्यो बेला पार्टीको निर्णय र नीतिअनुसार शव जलाइएको थियो । अहिले कुशको प्रतीक बनाएर दाहसंस्कार गरिएको उनले बताए ।
बाबुुको हत्यापछि उनका छोराहरू विभिन्न ठाउँमा गएर पठनपाठन गर्न थालेपछि किरिया गर्ने तिथि जुुरेको थिएन । अहिले कुशको प्रतिमा उठाउनेदेखि अन्त्येष्टिसमेत वैदिक विधिअनुसार गरिएको छ । ‘हाम्रो कुुलका सबै सदस्यले १३ दिनसम्म नुन नखाई कपाल खौरिएर जुठो मानिरहेका छौँ,’ मृतकका भतिजा देवकोटाले भने । ‘बुबाको हत्यापछि पूरै परिवार शोकमा डुुब्यो,’ छोरा नवीनले टेलिफोनमा भने, ‘आमा र हामी सबै फरकफरक ठाउँमा बस्न थाल्यौँ ।’ उनले सबै जना एकै स्थानमा जम्मा हुन र वैदिक परम्पराअनुसार तिथि नजुरेकाले किरियामा ढिलाइ भएको बताए । पितृको किरिया नगरी अन्य धार्मिक अनुष्ठानका कार्य गर्न नपाइने भएकाले पनि किरियामा पूरै विधि अपनाइएको उनको भनाइ छ ।

प्रकाशित मितिः ५ जेष्ठ २०७३, बुधबार १३:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *