सेभ द चिल्ड्रेनद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालमा ४० वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
आइतवार उक्त सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको सेभ द चिल्ड्रेनले जनाएको छ ।
एक हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसिजी मेसिनजस्ता सामाग्री छन् ।

मन्त्री ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गदै चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसाल ।

३ सय ४३ सेट २ नम्वर प्रदेश र २०० पीपीई कर्णाली प्रदेशका लागि २ सय थान दिइएको सेभ द चिल्ड्रेन बताएको छ ।
यस्तै थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को खरिद प्रक्रियामा रहेको समेत सेभ द चिल्ड्रेन जनाएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले उपलब्ध स्वास्थ्य सामग्रीको पारदर्शी र तोकिएको ठाउँमा छिटटै पठाउने प्रतिबद्धता व्यक्त गरे ।
कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा सहयोग होस भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसाल बताइन् ।

प्रकाशित मितिः २१ बैशाख २०७७, आईतवार १८:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *