कर्णाली प्रदेशको मुटुमै रहेको मेरो प्यारो जन्मभूमि जाजरकोट सातवटा जिल्ला (डोल्पा, पश्चिम रुकुम, जुम्ला, सल्यान, दैलेख कालिकोट र सुर्खेत) सँग जोडिएको छ ।
२२३० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको जाजरकोट समुन्द्र सतहदेखि ६१०– ५४१२ मीटरको उचाईमा पर्छ ।
सात वटा स्थानीय तह (नलगाड, भेरी र छेडागाड नगरपालिका र बारेकोट, कुशे र शिवालय गाउँपालिका) रहेको जाजरकोट जैविक विविधता, प्राकृतिक सम्पदा र संस्कृतिको खानी पनि हो ।
म जन्मेको नलगाड नगरपालिका–५,कालीमाटी भने हरियाली डाँडाकाँडाले ढपक्कै ढाकिएको छ ।
जसको छेउमै ४१० मेगावाट क्षमता भएको राष्ट्रिय गौरव जलविधुत आयोजना बनिरहेको छ । सुन्दरताले भरिपूर्ण
प्रिय कालीमाटी तिमीले मलाई आफ्नै काखमा हुर्काएयौ, बढायौ अनि वास्तविक परिचय दिएर संघर्ष गर्न पनि सिकायौ ।
अहिले तिम्रै सुगन्धित माटोमा मैले आफ्ना पाईलालाई निरन्तर अगाडि बढाइरहेको छु ।
प्रिय नलगाड तिमीले मलाई तिमी जस्तै निरन्तर आफ्नै वेगमा दौडन सिकायौ ।
जति नै दुःख भोग्नु परेपनि यति बलियो बनाई दियौ कि अन्यायमा कहिल्यै नझुक्ने अटल हिमाल बनाई दियौ ।
तिम्रो सुन्दर छालमा तैरिदा तैरिदा अनि लुकामारी गर्दा मेरा हात, खुट्टा र पाखुरा यति बलिया भएकी कसैले पनि तोडन सक्दैनन् ।
करिब ५६ प्रतिशत भूभाग वनजंगलले ढाकेको मेरो जिल्ला प्राकृतिक सुन्दरताले साच्चिकै भरिपूर्ण छ ।
न्यानो, ठण्डा र लेकाली हावापानी अनि स्वच्छ, निर्मल रुपमा बगिरहेको भेरी नदी, नलगाड र छेरागाड यहाँका अपार जल भण्डार हुन ।
जसले कर्णाली मात्र हैन पुरै नेपाललाई नै झलमल्ल बनाउने हैसियत राख्छन् ।
सदावहार हिउँले ढपक्कै ढाकिएका रमका हिमाल, कुसेमुसे चाखुरे अनि ठाकुरजी पाटन पनि सधै आँखामा बसिरहने मनमोहक दृश्य हुन ।
बारेकोटको शंख दह, भेरीको भुमेश्वर गुफा र शाङट गुफा अनि जुनिचादे गाउँपालिकाको नागपानी दह जिल्लाका गहना हुन ।
रेसमी कपाल फिजाइ छाङगाबाट झर्ने सुन्दर रापानी झरना, भगवतीको झरनाले जो कोहीलाई मन्धमुग्ध बनाउँछन् । उत्तिकै महत्व
खेतियोग्य जमिन करिव ११ प्रतिशत रहेको मेरो जिल्लामा धानदेखि मकै प्रशस्तै उव्जनी हुन्छ ।
सिलाजित, पाँचऔले, सतुवा, चिराईता, सेतकचिनीजस्ता महत्वपूर्ण जडिबुटीे, कस्तुरी, मृग, रेडपाण्डाजस्ता विश्वकै दुर्लभ वन्यतन्तु तथा सुनगिद्ध, चीरकालिज जस्ता दुलैभ पशुपंक्षीले जाजरकोटको शोभा अझ बढाएका छन् ।
बारेकोटको फलाम खानी र जुनिचादेको बहुमुल्य पत्थर खानी पनि समृद्ध जाजरकोट र सुखी जाजरकोटबासीका आधार हुन ।
प्राकृतिक रुपमा मात्र हैन्, ऐतिहासिक रुपमा पनि जाजरकोट उत्तिकै महत्व बोकेको जिल्ला हो ।
२२ से राज्य कालको जाजरकोट दरवार अहिले पनि चिनोको रुपमा हामीसँग छ ।
जक्तिपुरको वायु घट्ट, देवल मन्दिर अनि शिलालेखले जाजरकोटको इतिहासलाई अझ गर्व गर्न लाएक बनाएका छन् । विस्तारै तैग्रिदै
जाजरकोट कला सँस्कृतीको पनि धनी जिल्ला हो ।
देउडा, ठाँडी भाका, मयुर नाच, पैसेरी नाच्नले मान्छेलाई छुट्टैै आनन्दको अभास गराउँछन्
बर्षेसम्म रोग, भोग र अशिक्षाले पिल्सिएको मेरो जिल्ला अहिले भने विस्तारै तैग्रिदै गएको छ ।
विरामी पर्दा डोकोमा बोकिएर अस्पताल आउनु पर्ने, नुन लिन महिनादिन लगाएर नेपालगंज जानु पर्ने, कमाईको कालापार भौतारिनु पर्ने जाजरकोटबासीका बाध्यता विस्तारै सीमित हुदैछन् ।
तर अहिले गाउँगाउँमा मोटरबाटो पुग्दैछन्, सहरका सुविधा गाउँमै छन् ।
त्यसैले अहिले नुनदेखि सुनसम्मका सुविधा गाउँमै पुगिरहेका छन् ।
अहिले आयआर्जनको लागि कयौ युवाहरु विदेश र कति सहर छन । थुप्रै सुन्दरताहरु
तर सुन फल्ने खेतका खेतवारीले बलिया पाखुरा, जोस र जाँगर खोजी रहेको अभास मैले गरेको छु ।
विदेश भएका युवालाई माटोले पुनः पर्खिरहेछ ।
जाजरकोट भौगोलिक रुपमा विकट भएपनि त्यो विकटता भित्र थुप्रै सुन्दरताहरु छन् ।
यिनै सुन्दरताको संरक्षण र पहिचान गर्न तीनै तहका सरकारले ध्यान दिने हो भने जाजरकोटले कर्णाली प्रदेशलाई नै समृद्ध बनाउन सक्छ ।
जाजरकोट तिम्रो प्राकृतिक सुन्दरता, तिम्रो अस्तित्व र योग्दानको जति बयान गरे पनि कमै हुन्छ । उज्यालो प्रतिबिम्ब
त्यसैले त फेरी पनि भन्छु मेरो जन्मभूमि तिमी हाम्रो अस्थित्व, वास्तविक परिचय, गौरव र चिनारीको उज्यालो प्रतिबिम्ब है ।
म जहाँ भएपनि तिम्रो सम्झनाले सताउँछ, मनकता कता खिन्न पनि हुन्छ त्यसैले जन्मभूमिको मानसपटलमा पलपलमा आइरहन्छ ।
मैले हिँडेका गोरेटाहरु, तिनै अप्ठ्याराहरु र परिस्थितिहरू अत्यन्त प्रिय भएर मनलाई स्पर्श गरिरहन्छन ।
मेरो प्यारो जन्म भुमि किन किन अँखामा तिम्रो तस्वीर झल्किरहन्छ ।
त्यसैले त मेरो प्यारो जन्म भूमिको काखमा लुटुपुटु गर्दै खेल्न सधै लालाइत छु । (लेखक ओली सरकारी सेवामा कार्यरत हुनुहुन्छ )