रारा संवाददाता
सुर्खेत, ८ जेठ ।
सुर्खेतमा रहेका वौद्ध धर्मालम्वीहरुले विभिन्न कार्यक्रम गरी २५६० औँ बुद्धजयन्ती मनाएका छन ।
बैद्ध गुम्वा निर्माण तथा संरक्षण समिति लाटिकोइलीको आयोजनामा वैद्धगुम्वादेखि जिल्ला प्रहरी कार्यालयसम्ममा शान्ति रयाली प्रर्दशन गरिएको छ । रयालीका सहभागीले जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको वुद्ध मुर्तिमा पुजा आजा गरेका छन । वुद्ध धर्मगुरु लाल्जोर लामाले एक घण्टाजति मुर्तिमा पुजाआजा गर्नु भएको संरक्षण समितिका अध्यक्ष हरिलाल रोकायले वताउनु भयो ।
यस्तै लाटिकोइलीमा रहेको पेमासाङ्ग छोलिङ्ग वौद्ध गुम्वामा धर्मगुरु टिम्पोछे तुछुमले धार्मिक प्रवचन दिनु भएको छ । प्रवचनको क्रममा उहाँले भगवान बुद्धका वचन मानव जीवनका लागि सधै उपयोगी हुदै आएको वताउनु भयो ।
अन्य जीवको भन्दा मानवजीवनको महत्व बढी भएकाले मानवले आफनो जीवनलाई सही रुपमा अघि वढाउन बुद्ध वचनलाई आत्मसाथ गर्नु पर्नेमा जोड दिनुभयो । यसैवीच वुद्ध धर्मालम्वीले ऐतिहासिक स्थल काँक्रेविहारमा गएर ध्वजापतका पहराउदै पुजा गरेका छन ।
यता २५६० औँ बुद्धजयन्तीका अवसरमा काँक्रेविहार ऐतिहासिक तथा पुरातात्कि संरक्षण समिति सुर्खेतले साहित्यीक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
काँक्रेविहारको मुल गेट नजिकै गरिएको कार्यक्रमा विभिन्न व्यक्तिहरुले वुद्ध सम्वन्धी कथा, कविता, गीत, गजल वाचन गर्नु भएको छ । कार्यक्रममा समाजसेवी ज्ञानवहादुर जिसीले घरशान्ति हुदै विश्व शान्तिको लागि वुद्धका विचार र सिद्धान्त अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का समाजसेवी डम्वरविक्रम जिसी अहिले पनि गौतम वुद्धका विचार उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नु भयो । यस्तै बरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर, अधिवक्ता धुव्रकुमार श्रेष्ठ, समाजसेवजी गणेश ओली लगायतले वुद्धको मार्ग दर्शन अनुसार चल्नु पर्नेमा जोड दिनुभयो ।काँक्रेविहार ऐतिहासिक तथा पुरातात्कि संरक्षण समितिका अध्यक्ष पदमदेव गिरीको सभापतित्वमा भएको हो ।