पानी पुरी र चाटले बनायो आत्मनिर्भर

पदम केसी
सुर्खेत
महोत्तरीका राजन साह सुर्खेतको बिरेन्दनगर खजुरामा पानी पुरी र चार्ट बेचेर बर्सेनी ५ -६ लाख रुपैया कमाउँछन् ।
आर्थिक समास्याले गर्दा महोत्तरीमा उनलाई बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता हुन्थ्यो ।
सुर्खेत आएर पानी पुरी र चार्ट बेच्न थालेपछि भने दुखका दिन सकिएको जस्तो लागेको उनले बताए ।
साह मात्र हैनन ठुल्ठुला सहरमा पानी पुरी, चार्ट बेच्ने जो कोहीले पनि लोभलाग्दो आम्दानी गरेको देखिन्छ ।
पानी पुरी चार्ट बेच्ने सुर्खेतमा उनी जस्ता धेरै छन् ।


१८ वर्ष देखि पानी पुरी र चार्टको व्यापार गदै आएका उनीे यसबाटै जीवन निर्वाह गर्न पुगेको बताउँछन् ।
बुवाको मुत्यु भएपछि कामको खोजीमा काठमाडौमा गएको बेला एकजना पानी पुरी पसलेको सल्लाहमा आफुले यो व्यवसाय थालेको उनले बताए ।
उनी भन्छन, पानी पुरी र चाटबाट महिनामा ५० देखि ६० हजारसम्म कमाइ हुन्छ । यसबाटै परिवार पाल्न, छोराछोरी पढाउन पुगेको छ ।
पानी पुरी र चार्टको सामान घरमै बनाउछ्न । उनी यो व्यवसायले आफ्नो जीवनमा ठुलो परिवर्तन ल्याउन बताउँछन् ।
उनले भने, यो व्यवसाय नथालेको भए अहिले कुन ठाउँमा कामको खोजीमा भौतादिनु पथ्यो । अहिले आनन्दले सबै परिवारसँगै बस्न पाएको छु ।

प्रकाशित मितिः १९ आश्विन २०७७, सोमबार ०६:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *