बिनोद ढकाल जसले आयुर्वेद अस्पताललाई नयाँ उचाईमा पुर्याए

सुर्खेत
२ बर्षअघि प्रदेश आयुर्वेद औषधालय सुर्खेतको अध्यक्षको जिम्मेवारी सम्मालेका बिनोद ढकालले अस्पताललाई नयाँ उचाईमा पुर्याएका छन् ।  उनले अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्माल्दै गर्दा अस्पताल निकै नाजुक अवस्थाबाट गुज्रिरहेको थियो । तर दुई बर्षको अवधिमै अस्पताललाई सबैको भरोसा र विस्वास योग्य बनाएर उनी विदाई भएका छन् ।
विदाई हुनु अघि मंगलबार पत्रकार सम्मेलनमार्फत उनले आफ्नो कार्यकालमा भएका कामहरु बारे चर्चा गरेका थिए ।
आयुर्वेद अस्पताल सवैको भरोसा र विस्वास योग्य बन्नुमा आफु र आफ्नो टिमले ठुलो मिहिनेत गरेको छ, ढकालले भने, काम गर्ने इच्छाशक्ति भए परिवर्तन गर्न गाह्रो छैन् ।
पूर्व स्वास्थ्यकर्मी समेत रहेका ढकालले अस्पताललाई नयाँ गति दिन संघिय, प्रदेश र स्थानीय सरकारहरुले ठूलो सहयोग र साथ दिएको उल्लेख गरे ।
उनको पालामा के के काम भए ?
(क) पूर्वाधार र उपकरणतर्फ
१) प्रदेश अन्तरगतका सबै जिल्लाहरुमा समेत आपूर्ति हुने गरी विभिन्न ९ थरीका औषधीहरु रुरल फार्मेसी अन्तरगत निर्माण गरि तत्कालिन सामाजिक विकास मन्त्री ज्यूद्वारा शुभारम्भ गरि वितरण गरिएको ।
२) आयुर्वेद पद्धतिमा महत्वपूर्ण उपचार विधि मानिने सर्वांग तथा एकांग श्वेदन (Steam bath)र शिरोधाराको निम्ति विशेष प्रकारका सामग्रीहरु स्थानीय स्तरमा बनाउन असम्भव भएकाले काठमाण्डुमा निर्माण गरि आपूर्ति गरिएको ।
३) प्रायः सेवाग्राहीहरु पाईल्स बाट पीडित भई आउने भएकाले पाईल्सको स्थायी समाधानकालागि क्षारसुत्र विधि साथै Minor operation का लागि आवश्यक Equepment हरुको व्यवस्था गरि आफ्नै मौजुदा जनशक्ति चिकित्कहरुद्वारा प्रभावकारी सेवालाई निरन्तरता दिईएको ।
४) अस्पताल र औषधी उत्पादन शाला ( फार्मेशी भवन ) निर्माण सम्पन्न भई सेवा प्रारम्भ संगै यस अस्पतालमा गर्नु पर्ने केहि सृजनात्मक कार्यहरुको दूर दृष्टि ः
– यस अस्पतालको स्वामित्वमा रहेको १ बिगाह १२ कट्ठा जमीनमा थप २ वटा भवन बने पछि बाँकी रहेको जमीनमा नितान्त औषधी जन्य जडिबुटी प्रजातीका बनस्पतीहरु मात्रैको हर्वल गार्डेन बनाउने ।
– अस्पताल परिशरको करिब १५० मिटर कम्पाउण्ड वालमा आयुर्वेद पद्धतिका विभिन्न उपचार सेवा, महत्वपूर्ण वनस्पती बारेको जानकारी साथै विविध जानकारी मूलक सन्देशहरु भएको भित्ते लेखन गर्ने ।
( अहिलेको युग सूचना र प्रविधिको भएकाले, यस अस्पातालबाट भए गरेका गतिविधिहरु सार्वजनिक जानकारीका लागि अस्पतालको वेबसाईट निर्माण गरिएकोछ, यस्लाई प्रभावकारी रुपले सञ्चालन र अध्यावधिक गर्न आई टी जन शक्तिको ब्यवस्था गर्ने । उक्त ब्यवस्था नहुँदा सम्म विद्यमान कर्मचारीहरुलाई प्रशिक्षित गराई अस्पतालको Website : https://pah.karnali.gov.np लाई तत्काल प्रयोगमा ल्याईनेछ ।
– हाल यस औषधालयबाट प्रदान गरिने निःशुल्क औषधी बाहेकका औषधी पनि अस्पतालमै उपलब्ध गराउनकालगि आफ्नै फार्मेसी कक्षको व्यवस्था गर्ने ।
– यस अस्पतालबाट बितरण गरिने औषधी बाहेक अन्य आयुर्वेदिक औषधीहरु निजी फार्मेसीबाट महंगो मूल्यमा विरामीले किन्नु पर्ने बाध्यतालाई न्युनिकरण गर्न आयुर्वेद फार्मेसीको स्थापना गर्ने र स्वास्थ्य बीमा बोर्डमा आवद्ध भई सेवाग्राहीहरुलाई सरल तथा सहज उपचार सेवा प्रदान गर्ने नीति बनाउने ।
सीमित कोठाहरुबाट सेवा प्रवाहमा निकै कठीनाई भै रहेको औषधालयमा थप ७ वटा कोठासहित बैठक हल र ६० जना सम्मलाई प्रयाप्त योग गर्न सकिने एउटा योगा हलको निर्माण ।
५) माईक्रोसकोप बाट सामान्य ल्याब सेवा सञ्चालन भएकोमा डिजिटल प्रविधिको ल्याब सेवा बाट द्रुत्त ल्याव सेवा सञ्चालन भएको ।
६) पेट सम्बन्धि विभिन्न समस्याका विरामीहरुलाई भिडियो एक्स–रे को आवश्यक भै अन्यत्र पठाउनु परेको र चर्को शुल्कमा नीजी अस्पतालबाट विरामीले भिडियो एक्स–रे गर्नु परेको अवस्थालाई मध्यनजर गरेर औषधालयमा विभिन्न सेवा विस्तार भए संगै अत्याधुनिक भिडियो एक्स–रे सेवा सञ्चालन गरिएको ।
७) सुर्खेतको विधुत अनियमित आपूर्ति भई रहने हुनाले नियमित रुपमा भिडियो एक्स–रे, ल्याब, आर्थिक तथा प्रशासनिक काममा वाधा परि रहेको अवस्थालाई सोलार ईन्भर्टर जडान गरि सेवा प्रभावकारी र नियमित गरिएको । भिडियो एक्स–रे मात्रले सेवाग्राहीहरुको सेवा प्रवाह प्रयाप्त हुन नसकेको अवस्थालाई ध्यानमा राखेर सादा ऐक्स–रे -CR X–ray  को टेण्डर प्रकृया द्वारा आपूर्ति भै सकेको भए तापनि दक्ष जन शक्ति पूर्ति पछि सेवा सञ्चालन हुने अवस्थामा रहेको ।
८) व्यवस्थापन समितिको महत्वपूर्ण भूमिकाको रुपमा रहेको आयोजना मध्ये १८ करोड ३२ लाख लागतमा सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण र जडिबुटीको भण्डार मानिएको कर्णाली प्रदेश, यहाँका बहूमूल्य जडिबुटी यही संकलन, प्रशोधन, उत्पादन र वितरण तथा प्रयोग गर्न ३ करोड ३३ लाख लागतमा औषधी निर्माण शाला (फार्मेसी भवन) को एउटै मितिको सूचनामा मिति २०७७ माघ २६ गते टेण्डर गराउन सफल भएकोछ ।

सो टेण्डर स्वीकृत र सम्झौता भई अस्पताल भवन निर्णको काम समेत शुरु भैसकेको छ भने फार्मेसी भवन निर्माण शुरु हुने चरणमा छ । यसैगरि प्रदेश अस्पताल जाने पीचबाटोदेखि आयुर्वेद अस्पताल परिसर करिब १५० मिटर बाटोकालागि पनि टेण्डर भई निर्माण व्यवसायी संग संझौता पनि भई निर्माण कार्य शुरु हुने क्रममा रहेको ।
९) औषधालयबाट उत्पादित औषधीहरु अन्य जिल्ला सम्म पु¥याउन लगायत विभिन्न कामकालागि चार पांग्रे गाडीको अति आवश्यक भएकाले स्वास्थ्य सेवा निर्देशनालयमा रहेको एउटा पिकअप गाडी प्राप्त गरिएको । सो पश्चात औषधी लगायत अन्य सामग्री ओसार पसार र कोभिड आईशोलेसन सञ्चालनमा निकै सहज भएको ।
१०) कार्यालय प्रयोजनका निम्ति एउटा मात्र मोटरसाईकिल प्रयोगमा रहेकोमा प्रदेश सरकार संग अनुरोध गरिए पछि थप ५ वटा मोटरसाईकल तत्काल प्राप्त भएको ।
११) औषधालय परिसरमा स्वस्थ र शुद्ध वातावरण कायम गर्न ब्लक छापिएको, सेवाग्राहीहरुका निम्ति मनोरञ्नज र आयुर्वेद उपचार र विभिन्न जानकारी मूलक सन्देशहरुका निम्ति टेलिभिजनबाट डिस्प्ले हुने सामग्रीहरु राखिएको, ट्रस प्रतिक्षालय, आरामदायी बेञ्च, गाडी पार्किंग र प्रवेशद्वार निर्माण, विभिन्न प्रजातीका फूलहरुसहितको गमलाको ब्यवस्था गरिएको ।
१२) दैनिक सेवाग्राही तथा कार्यालय कर्मचारीहरुका निम्ति शुद्ध पीउने पानीकोलागि अटो फिल्टर (Arrow filter machine) द्वारा चिसो÷तातो पानीको व्यवस्था गरिएको सादा ऐक्स–रे(CR X–ray) को टेण्डर प्रकृया द्वारा आपूर्ति भै सकेको र तत्काल दक्ष जन शक्ति पूर्ति पछि सेवा सञ्चालन हुने अवस्थामा रहेको ।

बिनोद ढकाल

(ख) जनशक्ति र अन्य व्यवस्थापन तर्फ
(१३) कार्यालय प्रमुख समेत रहेका एक जना मात्र चिकित्सकबाट दैनिक चिकित्सकीय सेवा प्रवाह गर्न असम्भव भएकाले एक जना सेवा करार चिकित्सक, अर्को भिडियो एक्स–रे सहित हेर्ने एक जना आयुर्वेद चिकित्सक करार नियुक्ति गरी ३ जना डाक्टरको ब्यवस्था गरिएको ।
१४) १ जना वैध्य र १ जना ल्याब टेक्निसियनको थप दरबन्दी प्रदेश सरकारबाट प्राप्त गरिएको र १ जना ल्याव असिष्टेण्ट, १ जना वैद्य, १ जना प्रशासन सहायक र ४ जना कार्यालय सहयोगी करार सेवामा नियुक्त गरि सेवा प्रवाहलाई जन चाहनानुसार व्यवस्थापन गरिएको ।
१५) अनियमित र अपर्याप्त धारा पानीको समस्यालाई नियमित र थप धाराको व्यवस्था गरि प्रयाप्त पानी आपूर्तिको व्यवस्था गरिएको ।
१६) विगतमा सीमित मात्रामा औषधालयको आम्दानीलाई विभिन्न सेवा विस्तार र अन्य आम्दानीको श्रोत जुटाई व्यवस्थापन समितिको कोषलाई मजबुत बनाईएको ।
१७) औषधालयस्थित वडा कार्यालय र नगरपालिकासंग समन्वय गरि बार्षिक बजेटमा आयुर्वेद प्रवर्धनका निम्ति रकम विनियोजन गर्न लगाईएको । यसै गरि उपत्यका बाहिरका नगर तथा गाउँपालिकाहरुलाई अनुरोध गरि सम्बन्धित पालिकामा आयुर्वेद पद्धति सेवाका निम्ति बजेट बिनियोजन गर्न लगाईएको ।
१८) औषधालयको भित्तामा लेखिएको कार्यालयको साईन बोर्डको सट्टामा प्रवेश द्वारमा ठूला गाडीसमेत प्रवेध गर्न मिल्ने गरि टाढैबाट प्रष्ट देख्न सकिने साईनबोर्ड निर्माण । नागरिक बडा पत्र, सुझाव तथा गुनासो पेटिका लगायत विभिन्न फाँटहरु सेवाग्राहीहरुको सेवा सहजताकालागि हरेक फाँट अल्लेख गरि लेखिएका फाँटहरु । औषधालय जाने बाटोको स्तरोन्नति (तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री ज्यूको निर्देशन बमोजिम) ।
१९) १५ शैया अस्पताल सञ्चालन समेतको दूर दृष्टि राखि प्रदेश सरकारसंग विशेषज्ञ सेवा सहितका लागि कर्मचारी दरबन्दी (O&M) कायम गरि दिन कर्मचारी विवरण सहित दरबन्दी स्वीकृतिकालागि प्रदेश सरकारमा पेश गरिएको ।

विभिन्न विधेयकहरु पास हुने भएमा यस अस्पतालको दरबन्दी पनि पास हुने क्रममा रहेको ।
(ग) कोभिड १९ उपचार र रोकथामतर्फ
२०) विश्वलाई आतंकित बनाउने गरि फैलिएको COVID–19 रोग रोकथाम, उपचार, तथा व्यवस्थापनमा प्रदेश आयुर्वेद औषधालयले अग्रणी भूमिका निर्वाह गरेकोछ । आईशोलेसनमा रहेका संक्रमितहरु तथा क्वारेन्टाईनमा रहेका नागरिकहरु,स्वास्थ्य तथा सुरक्षाकर्मीहरुलाई रोग प्रतिरोत्मक क्षमता बढाउने विभिन्न औषधीहरु निःशुल्क वितरण, योग तथा प्रणाम, मनो सामाजिक विमर्श शिविर सञ्चालन, सामूहिक स्वास्थ्य शिक्षा कार्यक्रम, विद्युतीय तथा विभिन्न छापाका माध्यमबाट रोग तथा उपचारका बारेमा नागरिक सचेतनाका विभिन्न सामग्रीहरु प्रकाशन तथा वितरण गरिएको ।
२१) सुर्खेतमा सञ्चालन गरिएका विभिन्न कोभिड आईशोलेसन अस्पतालहरुले विरामीको चाप धान्न नसकि रहेको अवस्थालामा यह औषधालयले पनि आईशोलेशन कक्ष सञ्चालन गरेर नेपालकै नमूना र उल्लेखनीय सेवा प्रदान गरिएको । यस कार्यबाट सेवाग्राहीहरु र जानकार व्यक्तित्वहरुबाट प्रसंशा भएको सार्वजनिक चर्चा सबैलाई अवगत भएकै छ । यस आईशोलेसनमा रहेका विरामी तथा वहाँका कुरुवाहरुलाई विभिन्न स्वास्थ्य वर्धक भोजन तथा खाजा निःशुल्क रुपमा गराईएको थियो । “अमृत भोजन“ भनिएको उक्त भोजनको शुरुआत “साझा विवेकशील युवा समूहले गरेको हो भने सो कार्यक्रमलाई विभिन्न २१ मनकारी व्यक्ति तथा संस्थाहरुले खाद्य लगायत अन्य विविध सामग्रीहरु उपलब्ध गराएर प्रत्यक्ष मानवीय कार्य गरिएको थियो ।

हाल सम्म ६८ जना संक्रमितहरु भर्ना भएको आईशोलेशन अस्पतालमा १ जना मात्र मृत्यु भएको र अन्य कैयौं सिकिस्त संक्रमितहरु पूर्ण स्वस्थ भएर जानु भएकोछ ।
२२) आईशोलेसन कक्ष सञ्चालका निम्ति प्रेरणा र सहयोग गर्नु हुने सुर्खेत उद्योग वाणिज्य संघका महा–सचिब श्री लक्ष्मण कण्डेल ज्यू विशेष धन्यवादका पात्र हुनुहुन्छ । उहाँले सुर्खेत तथा नेपालगञ्जमा उपलब्ध हुन नसकेको अक्सिजन सिलिण्डर नवलपरासीबाट रातारात उपलब्ध गराई आईशोलेशन सञ्चालनमा प्रशंसनीय योगदान यस अस्पताललाई गर्नु भएकोछ । यसै गरि असीम अटो पार्टस बाटसेवाग्राहीका रुपमा आउने विरामीहरुलाई उपचार र आयुर्वेद पद्धतिका विविध जानकारी मूलक सन्देशहरु टेलिभिजनबाट डिस्प्ले गराई जानकारी गराउनकालागि एउटा २४“ टेलिभिजन प्रदान गर्नु भएको थियो ।
पुनश्चः औषधालय विकास तथा सुधारका निम्ति भएका तमाम कार्यहरू मध्ये समितिको तर्फबाट अध्यक्षका हैसियतबाट एकल प्रयासबाट प्राप्त केहि उल्लेखनीय उपलब्धीहरु ः अन्य केहि प्रदेशहरुमा प्रदेश स्तरीय आयुर्वेद अस्पताल बनेका र बन्ने क्रममा रहे तापनि कर्णाली प्रदेशमा अस्पताल बनाउन सरकारले कुनै चासो नराखेको अवस्थामा संघीय सरकार र खास गरि स्वास्थ्य तथा जन संख्या राज्य मन्त्री मार्फत पटक पटक पहल गरि, सहरी विकास तथा भवन निर्माण विभाग संगको निरन्तर समन्वय र सम्पर्कको कारण १८ करोड ३२ लाख लागतको १५ शैया आयुर्वेद अस्पताल र ३ करोड ३३ लाख लागतको औषधी निर्माण शाला (फार्मेसी भवन) को एकै मितिमा दुवै वटा टेण्डर प्रकाशित, तत्काल बजेट विनियोजन गर्न नसक्ने अवस्थामा मन्त्रालय अन्तरगत मौज्दातबाट ४ पांग्रे गाडी हस्तान्तरण, कोभिड अस्पतालका निम्ति २ वटा १०÷१० लि. कन्सनट्रेटर मेसीन, आईशोलेसन सञ्चालन र व्यवस्थापनकालागि विभिन्न स्थानीय, राष्ट्रीय र अन्तराष्ट्रीय संस्थाहरुमा समन्वय गरि विभिन्न महत्वपूर्ण स्वास्थ्य सामग्रीहरु प्राप्त गराउनमा सफल भएको छ ।
बिगत २ बर्ष अगाडिको यस औषधालयलाई देख्ने र सम्झने जो कसैले पनि त्यस पछिको २ बर्षमा अप्रत्यासित विकास र सुधार अनि विभिन्न प्रविधिका उपचार सेवा विस्तार भएको प्रत्यक्ष अनुभूति गराउन सकेकोमा हाम्रो समितिको कार्यकाल अत्यन्त ऐतिहासिक सफलता प्राप्त गरेकोछ भन्नेमा अत्युक्ति नहोला ।
प्रकृयामा रहेका योजना सम्पन्न, प्रस्तावित दरबन्दी (O&M) स्वीकृत भई सके पछि यस अस्पतालकालागि खासै अन्य जटिल आवश्यकता बाँकी होला जस्तो हामिले महशुस गरेका छैनौं । भएका संरचनाको संरक्षण र निरन्तरता नै आगामी दिनको लागि अभिभारा हुनेछ ।
अस्पताल र औषधी उत्पादन शाला ( फार्मेशी भवन ) निर्माण सम्पन्न भई सेवा प्रारम्भ संगै यस अस्पतालमा गर्नु पर्ने केहि सृजनात्मक कार्यहरुको दूर दृष्टि ः
– यस अस्पतालको स्वामित्वमा रहेको १ बिगाह १२ कट्ठा जमीनमा थप २ वटा भवन बने पछि बाँकी रहेको जमीनमा नितान्त औषधी जन्य जडिबुटी प्रजातीका बनस्पतीहरु मात्रैको हर्वल गार्डेन बनाउने ।
– अस्पताल परिशरको करिब १५० मिटर कम्पाउण्ड वालमा आयुर्वेद पद्धतिका विभिन्न उपचार सेवा, महत्वपूर्ण वनस्पती बारेको जानकारी साथै विविध जानकारी मूलक सन्देशहरु भएको भित्ते लेखन गर्ने ।
( अहिलेको युग सूचना र प्रविधिको भएकाले, यस अस्पातालबाट भए गरेका गतिविधिहरु सार्वजनिक जानकारीका लागि अस्पतालको वेबसाईट निर्माण गरिएकोछ, यस्लाई प्रभावकारी रुपले सञ्चालन र अध्यावधिक गर्न आई टी जन शक्तिको ब्यवस्था गर्ने । उक्त ब्यवस्था नहुँदा सम्म विद्यमान कर्मचारीहरुलाई प्रशिक्षित गराई अस्पतालको Website : https://pah.karnali.gov.np लाई तत्काल नियमित प्रयोगमा ल्याईनेछ ।
– हाल यस औषधालयबाट प्रदान गरिने निःशुल्क औषधी बाहेकका औषधी पनि अस्पतालमै उपलब्ध गराउनकालगि आफ्नै फार्मेसी कक्षको व्यवस्था गर्ने ।
– यस अस्पतालबाट बितरण गरिने औषधी बाहेक अन्य आयुर्वेदिक औषधीहरु निजी फार्मेसीबाट महंगो मूल्यमा विरामीले किन्नु पर्ने बाध्यतालाई न्युनिकरण गर्न आयुर्वेद फार्मेसीको स्थापना गर्ने र स्वास्थ्य बीमा बोर्डमा आवद्ध भई सेवाग्राहीहरुलाई सरल तथा सहज उपचार सेवा प्रदान गर्ने नीति बनाउने ।
– औषधालय परिसरमा सुपथ, स्वस्थ तथा शुद्ध खाजा नास्ताको व्यवस्था गर्न व्यवस्थित क्याण्टिन निर्माण गर्ने ।

औषधालय परिशरमा जडिबुटी जन्य विभिन्न प्रजातीका वनस्पती मात्रको प्लट बनाई पर्यटकीय हर्वल गार्डेन र विभिन्न रंगीचंगी र मनमोहक फूलहरुले सजिएको आकर्षक वातावरणको अस्पताल बनाउने आदि । (अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रेस नोट)

प्रकाशित मितिः १९ श्रावण २०७८, मंगलवार २२:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *