जाजरकोट
जाजरकोट —डोल्पा भेरी कोरीडोर मार्गको जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलीब्रीज पुल सन्चालनमा आएको छ ।
प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहको पलहमा उक्त पुल बनेपछि यात्रुवाहक सवारी साधन निर्वाधरुपमा आवजावत गर्न तथा दैनिक उपभोग्य बस्तुको आपुर्तीमा सहज भएको नलगाडबासी बताउँछन् ।
सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको छेडागाढ खोलामा रहेको बेलीब्रीज पुल निकालेर नलगाड खोला र झुम्रे खोलामा जोडि दिएपछि सवारी साधन निर्वाधरुपमा आवजावत गर्न तथा दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न धेरै राम्रो सहज छ ।
नलगाड खोला र झुम्रे खोलामा बेलीब्रीज पुल निर्माण भएपछि जाजरकोटको कालीमाटी, दल्ली हुदै तल्लुबगरसम्म सडक सञ्जालले जोडेको नलगाड ७ का वडा अध्यक्ष अर्जुनबहादुर सिंहले बताउनु भयो ।
पुल बनेपछि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा सहज भएको उद्योग बाणीज्य संघ कालीमाटीका अध्यक्ष धनबहादुर रावलको भनाइ छ । यस अघि सवारी तथा ढुवानीका साधन कालीमाटीसम्म पुग्ने गरेका थिए,उहाँले भन्नु भयो ।
ट्रक र ट्याक्टरले कालीमाटसम्म पुर्याएको सामानलाई बारेकोट, कालीमाठी, दल्ली, कैना, तल्लुवगर, डोल्पा लगायत स्थानमा लैजान पिठ्युमा बोकेरै झोलुङ्गे पुलबाट तार्नपर्र्ने वाध्यता रहेको थियो ।
पुल सन्चालन आएपछि सदरमुकाम खलंगा, सुर्खेत, नेपालगंज तथा खलंगा कालीमाटी, बारेकोट तल्लुवगर लगायत स्थानसम्मको यात्र पनि सहज भएको छ, रावलले भन्नु भयो ।
पुल बनेपछि नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र डोल्पाका बासिन्दालाई आवजावत गर्न र उपभोग्य बस्तु ढुवानी गर्न सहज भएको छ ।