सेवाग्राहीलाई जवरजस्ती करणी गरेको आरोपमा सचिव र प्राविधिक प्रहरी खोरमा

indexराराखवर संवाददाता
सुर्खेत १५ जेठ ।
सेवाग्राहीलाई जवरजस्ती करणीको आरोपमा पश्चिम सुर्खेतको बिजौरा गाविसका सचिव र प्राविधिक सहायक प्रक्राउ परेका छन ।
गाविसको सेवा लिन आएकी सेवाग्राहीलाई जवरजस्ती करणी गरेको आरोपमा गाविसका सचिव भक्तबहादुर हमाल र प्राविधिक सहायक रमेश विसीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध जवरजस्ती करणीको उजुरी परेपछि हिजो नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वहादुरजंङ्ग मल्लले उनीहरुमाथी थप अनुसन्धान अघि वढाएको बताउनु भयो । सेवा दिन नाममा वीरेन्द्रनगरको एउटा होटेलमा वोलाएर जवरजस्ती करण गरेको महिलाले आरोप लगाएको प्रहरीले वताएको छ ।

प्रकाशित मितिः १५ जेष्ठ २०७३, शनिबार ०९:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *