सुर्खेत १ मा काँग्रेस उपसभापति खड्काको सुरुवाती अग्रता

सुर्खेत
सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता हासिल गरेका छन् ।
खड्काले एमालेका उम्मेदवार धुव्रकुमार शाहीलाई ५३७ मतले पछि पार्दै अग्रता हासिल गरेका छन् । प्रतिनिधी सभा सदस्यका उम्मेदवार खड्काले २३२० मत र शाहीले १७८३ ल्याएका छन् ।


प्रदेश सभा क र ख दुबैमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु आगाडी छन् ।
प्रदेश सभा क मा काँग्रेसका खड्का पोख्रेलले २५९८ र एमालेका ठम्मर बिष्टले १८७१ मत हासिल गरेका छन् ।
यस्तै प्रदेश सभा ख तर्फ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्ण जिसीले १८२९ र एमालेका डण्डीप्रसाद शर्माले १३२९ मत ल्याएका छन् ।

प्रकाशित मितिः ७ मंसिर २०७९, बुधबार ०६:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *