मुख्यमन्त्रीका आकाक्षी कँडेल निर्वाचित

सुर्खेत
नेकपा एमालेबाट मुख्यमन्त्रीका आकाक्षी यामलाल कँडेल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्वर –२, क बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार काँग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतको झिनो मतान्तरले पछि पादै उनी विजय भएका हुन् ।


नेकपा एमाललेका स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले १८,५६१ र काँग्रेसका पुराना नेता शाक्यले १८,४०० मत ल्याएका छन् । २०७४ मा झै यसपाली पनि मुख्यमन्त्रीको आकाक्षासहित कँडेल प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए ।
प्रदेश सभामा एमालेले बहुमत ल्याए उनी मुख्यमन्त्री बन्नेछन । यदि बहुमत नआए उनले बलियो प्रतिपक्षको भुमिका निर्वाह गर्नेछन् ।

प्रकाशित मितिः ८ मंसिर २०७९, बिहीबार ०६:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *