बुहारी वलात्कार गर्ने ससुरा प्रहरी खोरमा

imagesजाजरकोट २, असार ।
जाजरकोटको भेरीमालिका नगरपालिका ६ पुन्माका ४२ वर्षिय वीरबहादुर कामी बुहारीलाई वलात्कार गरेको आरोपमा जेल चलान भएका छन ।
बलात्कारकै आरोपमा उनका छेरा पदम पनि कारागारमा कैद सजाय भोगिरहेका छन । साढे दुई वर्ष पहिले जाजरकोट झाप्रा की एक किशोरीलाई बलात्कार गरेको आरोपमा छोरा पदमलाई अदालतले ५ वर्षको कैद सजाय गरेको छ । छेरा जेल सजाय भोगिरहेको बेला बाबु वीरबहादुरले बुहारीलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता भएपछि उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी सगँको वयानमा वीरवहादुरले शुरुमा बुहारीसँग सहमतिमा यौन सम्पर्क गर्ने गरेको तर केटाकेटीले देखेपछि बुहारीले जाहेरी दिएको बताएका छन । पीडितको जाहेरीका आधारमा वीरबहादुर हालै पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाबुछोरालाई एउटै कारागारमा राख्दा जोखिम बढ्ने भएकोले छोरा पदमलाई कारागार सल्यान सारिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले वताए ।

प्रकाशित मितिः २ असार २०७३, बिहीबार ०८:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *