बहुउदेश्यीय कवर्ड हलका लागि सुर्खेतमा धार्मिक महोत्सव हुदै

20160620_174627
धार्मिक महोत्सववारे पत्रकारलाई जानकारी दिदै मुल समितिका संयोजक चेतवहादुर अधिकारी र महासचिव खिमलाल देवकोटा ।

सुर्खेत, ६ असार ।
सुर्खेतको वीरेन्द्रनगरमा सुविधा सम्पन्न वहुउदेशिय कवर्ड हल वनाउनको लागि धार्मिक महोत्सव हुने भएको छ ।
कवर्ड हल वनाउन रकम संकलन गर्नको लागि जिल्ला व्याडमिन्टन संघ सुर्खेतले आगामी कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म मध्यपश्चिम धार्मिक महोत्सव गर्न लागिएको हो ।
आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजक मुल समितिले धार्मिक महोत्सव गर्न लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव आयोजक मुल समितिका संयोजक चेतवहादुर अधिकारीले महोत्सवमा करिव ५ करोड रुपैया संकलन हुने अपेक्षा राखिएको वताउनु भयो ।
आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी वनाउन लागिएको कवर्ड हलमा करिव ५ हजार दर्शक अटने उहाँले वताउनु भयो ।
कवर्ड निमार्ण गर्नको लागि आर्थिक सहयोग गर्न चाहाने व्यक्तिले सिटिजन वैकमा रहेको खाता नम्वर ०३३१८० क्ब् मा रकम जम्मा गर्न सक्ने महोत्सव आयोजक मुल समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
उहाँले व्यडमिन्टन खेलाडी लगायतवाट विभिन्न व्यक्तिवाट अहिलेसम्म १ लाख १३ हजार रुपैया जम्मा भएको समेत बताउनु भयो ।
धार्मिक महोत्सवमा गोविन्द शरण महाराज र पुन्य मिरादिदीले कथा वाचन गर्नु हुने वताएको छ ।

प्रकाशित मितिः ६ असार २०७३, सोमबार १३:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *