सेनाका मेजर र गणपति विरुद्ध पत्रकारको उजुरी

20160622_152625
स्थानीय शान्ति समिति सुर्खेतका सचिव सीता आचार्यलाई उजुरी वुझाउदै पत्रकार उपाध्याय ।

सुर्खेत, ८ असार ।
सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायले कैलालीको तेघरी व्यारेकाका मेजर र बरक दल गणका तत्कालिन गणपतिमाथी कारवाहीको माग गदै उजुरी दर्ता गर्नू भएको छ ।
उपाध्यायले सत्य निरुपण तथा मेलमिलाप आयोगमा मेजर क्षेतन लोप्चन र गणपति निरजन पौडेल विरुद्ध उजुरी दर्ता गर्नु भएको हो ।
नागरिक दैनिकमा कार्यरत पत्रकार उपाध्यायलाई द्वन्द्वको वोला तत्कालीन शाही नेपाली सेनाले ९ महिना १६ दिन सैनिक हिरासतमा राखेको थियो ।
स्थानीय शान्ति समिति सुर्खेतको कार्यालयमा पुगेर उपाध्यायले तेघरी व्यारेकका तत्कालिन मजेर लोप्चन र बरक दल गणका तत्कालिन गणपति पौडेलमाथी कारवाहीको माग गर्दै उजुरी दर्ता गराउनु भएको हो
२०६२ साल साउन ५ गते धनगढी अस्पतालवाट प्रक्राउ गरी आफुलाई चरम यातना दिएको उपाध्यायले वताउनु भयो ।
सेनाको यातनावाट तेव्रे हात र नाक भाँचिएको उहाँले उल्लेख उहाँले यातनामा संलग्न दोषी मेजर र गणपतिलाई कडा कारवाही हुनुपर्ने माग गर्नु भयो ।
उजुरी दर्ता गदै उहाँले जुन आरोपमा सेनाले प्रक्राउ गरेको थियो त्यो आरोप पुष्टी हुन नसकेपछि गैरकानुनी रुपमा हिरासतमा राखिएकोले उचित क्षेतिपूर्ति पाउनु पर्ने दावी गर्नुभयो ।
यसैवीच स्थानीय शान्ति समिति सुर्खेतले सत्य निरुपण तथा मेलमिलाप तर्फ १ हजार ४ सय भन्दा बढी उजुरी परेको जनाएको छ ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी समितिले सुर्खेतका १ हजार १ सय ६७ र वाहिर जिल्लाका २ सय ३० वटा उजुरी परेको जनाएको हो ।
स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले वेपत्ता आयोगतर्फ ६९ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो ।

प्रकाशित मितिः ८ असार २०७३, बुधबार ११:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *