छैठौ प्रदेशमै पहिलो किसान परिचयपत्र

IMG_20160629_154359सुर्खेत १५, असार ।
सुर्खेतमा छैठौ प्रदेशमै पहिलो पटक किसानलाई किसान परिचय पत्र वितरण सुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले धान दिवसको अवसर पारेर बुधवारवाट किसान परिचय पत्र वितरण सुरु गरेको हो ।
धान दिवसको अवसरमा मनिकापुरमा भएको रोपाई कार्यक्रममा वीरेन्द्रनगर १५ मनिकापुरका २० जना किसानलाई किसान परिचय पत्र प्रदान गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका निर्देशक शीवनारायण चौधरीले उनीहरुलाई परिचय पत्र प्रदान गरेका हुन ।
परिचय पत्र पाएपछि किसानहरु खुशीले गदगद भएका छन । उनीहरुले परिचय पत्र पाएपछि वास्तविक किसान भएको अनुभुति गरेको उल्लेख गरेका छन ।
चालु आर्थिक वर्षको असार मसान्तभित्र ५ हजार किसानलाई किसान परिचय पत्र प्रदान गर्ने कृषि विकास कार्यालयका सुचना अधिकारी सुरेश थापाले वताए ।
उनले सुर्खेत उपत्यका भित्रका एक हजार र उपत्यका वाहिरका ४ हजार किसानलाई पहिलो चरणमा परिचय पत्र वितरण गर्न लागेको पनि जानकारी दिए ।
परिचय पत्रको लागि किसान छनौट भईसकेकोले ६ सेवा केन्द्र मार्फत परिचय पत्र वितरण गर्ने वताएको छ ।
परिचय पत्रवाट के फाइदा हुन्छ ?
सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान लगायतका सुविधाहरुलाई प्रभावकारी रुपमा किसानहरुसम्म पुर्याउनका लागि किसान परिचय पत्र वितरण सुरु गरेको हो ।
किसान परिचय पत्रका लागि नागरिकता, गाविसको सिफारिस, जग्गाको लाजपुर्जाको प्रतिलिपीका साथै २ प्रति फोटो ल्याउनु पर्ने वताएको छ ।
किसान परिचय पत्र वितरणपछि सरकारले उपलब्ध गराउने अनुदान लगायतका सेवा लक्षित किसानसम्म पुरयाउन सहज हुने कृषि विकास कार्यालयका प्रमुख बिजय गिरीले वताए ।

प्रकाशित मितिः १५ असार २०७३, बुधबार १२:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *