सुर्खेत, १९ असार ।
आफनो हक अधिकारको लागि मंगोल समुदाय एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
मंंगोल नेशनल अर्गनाइजेसन सुर्खेतले वीरेन्द्रनगरमा गरेका कार्यक्रमका सहभागीले अधिकारको लागि एकजुट हुनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा अर्गनाईजेसन सुर्खेत जिल्लाका अध्यक्ष नर बहादुर दर्लामी, सदस्य रत्नबहादुर दर्लामी लगायतले अधिकारको लागि दृढताको साथ अघि वढनु पर्नेमा जोड दिएका छन ।
यसैवीच भेलाले मिलन थापा मगरको अध्यक्षयतामा ११ सदस्यिय वीरेन्द्रनगर कमिटी गठन गरेको छ । कमिटीको सचिव प्रेम बहादुर सलामीमगर, कोषाध्यक्षय पदम बहादुर लामिछानेमगर र सह सचिव पर्मिला दलामी मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा भविराम लामिछाने, भोज बहादुर राजकोटी मगर, रोमन फौजा मगर, जगत थापा मगर, रामबहादुर दलामी मगर, पूर्णबहादुर थापामगर चयन भएको वताएको छ ।