साझा विसौनी ७ वर्षमा, सिग्देल साझा वर्ष व्यक्ति

_154422
बार्षिक उत्सवमा पत्रिकाको आगामी मिसनवारे जानकारी दिनै सम्पादक ललित बहादुर वुढा ।
60034
नारायण सिग्देललाई साझा वर्ष व्यक्तिवाट सम्मानित गदै पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायधिश तेजबहाुदर केसी । साथमा पत्रिका प्रकाशक गोपी अधिकारी ।

सुर्खेत, २९ असार ।
सुर्खेतबाट प्रकाशित साझा विसौनी दैनिक ७ औं बर्षमा प्रवेश गरेको छ ।
आफनो वार्षिकोत्सवको अवसरमा पत्रिकाले गरेको कार्यक्रममा पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायाधीश तेजबहादुर केसीले पत्रकारले समाजलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिनुभयो ।
संचारमाध्यम समाजको ऐन भएको उल्लेख गदै उहाँले सन्तुलित, वस्तुनिष्ट र जिम्मेवार पत्रिकारता गर्नु संचारकर्मीलाई सझाव समेत दिनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले राजनीतिक आन्दोलनमा संचार माध्यमहरुको साथप्रति सह्राना व्यक्त गर्दै आगामी समयमा पनि साथ दिन आग्रह गरेका छन ।
पत्रिकाका सम्पादक ललितबहादुर वुढाले सुर्खेतलाई प्रदेशको राजधानी वनाउने अभियानमा पत्रिका केन्द्रीत हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकार हिरालाल रेग्मी, कांग्रेसका अनन्त पौडेल, एमालेका धु्रवकुमार शाही, नेकपा माओवादी केन्द्रका हरिमाया शर्मालगायतले विभिन्न सुझावहरु दिनु भएको छ ।
कार्यक्रम दैनिकका प्रकाशक गोपी अधिकारीको अध्यक्षतामा भएको हो ।
यसैवीच साझा विसैनी दैनिकले जनज्योति उच्च माध्यामिक विद्यालय वड्डिचौरका प्राचार्य नारायणप्रसाद सिग्देललाई साझा बर्ष व्यक्ति घोषणा गरेको छ ।
सुर्खेतको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै सिग्देललाई साझा वर्ष पृुरस्कारवाट सम्मानित गरेको पत्रिकाले जनाएको छ ।
उत्सवको अवसर पारेर पत्रिकाले सत्येन्द्र दर्लामी लगायतका कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

प्रकाशित मितिः २९ असार २०७३, बुधबार १२:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *