नयाँ वनाउने र प्रतिलिपी लिनेको संख्या उस्तै

सुर्खेत, १६ साउन ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ६ हजार ९ सय ७१ जनालाई नयाँ नागरिकता प्रमाण पत्र र ५ हजार ३ सय ९३ जनालाई प्रतिलिपि नागरिकता दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले 20160731_115509सजिलै प्राप्त गर्न सकिने भएकोले धेरैले नागरिकता सुरक्षित नराखेकोले प्रतिलिपी लिनेको संख्या वढेको वताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले नियमित बाहेक विभिन्न समयमा शिविरमार्फत पनि नागरिकता वितरण गरेको उहाँले वताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले वशंज र वैवाहीक अंगिकृत नागरिकता प्रमाण पत्र दिँदै आएको बताएको छ ।
यस्तै दु्रत सेवामा ३ हजार ४ सय ५७ र प्रशासन कार्यालयबाटै २ हजार ४ सय १८ जना गरी गत आर्थिक वर्ष ५ हजार ८ सय ७५ जनालाई राहदानीका लागि सिफारिस गरिएको छ ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कार्यालयले नाता प्रमाणित, भारतीय पेन्सन सम्बन्धि सिफारिस, शैक्षिक योग्यताको प्रमाणपत्र सच्याउने लगायतका काम नियमित गर्दै आएको जनाएको छ ।
यस्तै संघसंस्था दर्ता, विवाह दर्ता, शान्ति सुरक्षा हातहतियार, द्धन्द्ध पीडित राहत, विपद्मा राहत र क्षतीपूर्ति सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उल्लेख गर्नुभयो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा हुलाकी टिकट बाहेक १ करोड ३५ लाख ५५ हजार ५ सय ७५ रुपैयाँ राजस्व संकलन भएको बताएको छ ।
राहदानी साधारण सेवा शुल्कबाट १ करोड २५ लाख ८५ हजार, संघसंस्था दर्ता शुल्क बापत ४३ हजार, मादक पदार्थ सेवन गरी कार्बाहीमा परेबाट ४ लाख ५० हजार, संस्था नविकरण मार्फत २ लाख ६३ हजार र अन्य दण्ड जरिवाना बापत ६ लाख ४९ हजार ३ सय २५ रुपैयाँ राजस्व संकलन भएको बताएको छ ।

प्रकाशित मितिः १६ श्रावण २०७३, आईतवार १२:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *