संरचना तोडमोड गर्दा द्वन्द्व हुन सक्ने

सुर्खेत, २९ साउन ।
स्थानिय तह पुनर्संरचना गर्दा सवैलाई पायक पर्ने गरी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
प्रेस चौतारी सुर्खेतले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनीहरुले अहिलेका संरचनालाई विभाजित गर्दा भोलीका दिनमा द्धन्द्ध उत्पन्न हुन सक्ने भएकोले सवैलाई पायक पर्ने गरी गर्न सुझाव दिएका छन ।
उनीहरुले गाउँपालिका र नगरपालिको पुनर्संरचना गर्दा जनताहरु पहिलेका सेवा सुविधाबाट वञ्चित हुने उल्लेख गरेका छन ।
उनीहरुले हालको संरचनालाई यथावत राखेर जनसंख्याको आधारमा इकालको संख्या निर्धारण गरेमा कुनै पनि चुनौति नआउने तर्क गरेका छन ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धरले साविककै गाउँ विकास समितिलाई यथावत राख्दै इलाकालाई जनसंख्याका आधारमा संख्या निर्धारण गर्नु पर्ने सुझाव दिनुभयो ।
13912537_1122055277831441_639577632617659317_nप्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष टिका विष्टले स्थानीय स्तरमा छलफल गरेर स्थानीय निकायको संस्था निर्धारण गर्दा प्रभावकारी हुने बताउनु भयो ।
यस्तै प्रेस चौतारी नेपालका प्रदेश नम्बर ६ उपाध्यक्ष वीरबहादुर गिरीले संघियता कार्यन्वयन गर्न राजनीतिक दलहरु एकजुट हुन पर्ने बताउनु भयो ।
सुर्खेतका स्थानिय विकास अधिकारी एव् पुनर्संरचना प्राधिकरण समिति सुर्खेतका संयोजक हिरालाल रेग्मीले नामाकरण र सिमाकंनका बारेमा काम अगाडी बढी रहेको जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपाल शाखा सुर्खेतका अध्यक्ष सुर्यप्रकास कंडेलको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांगे्रस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुबकुमार शाही, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठम्बर विष्ट, राष्ट्रिय जनर्माचा सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदी लगायतले आ–आफ्नो धारणा राख्नु भएको छ ।

प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १२:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *