शिवको मुर्ति हस्तान्तरण

14002513_1748293615428731_25466443_oबाबियाचौर सुर्खेत ३१, साउन ।
ग्रामीण एकता युवा सञ्जाल बाबियाचौरले ३५ हजार मूल्यको भगवान शिवको मुर्ति हस्तान्तरण गरेको छ ।
विभिन्न ठाउँमा नाटक प्रदर्शन गरेर रकम जुटाएर वनाएको शिवको मुर्ति हस्तान्तरण गरिएको संजालका अध्यक्ष अमर कार्कीले बताउनु भयो ।
सेलर्ड नेपालले जिम्मा दिएको सडक नाटकमा धर्म राज खनाल ,देवी बिक, प्रेम सुनार, अमर बि क, देवी रावल, दिपशिखा गिरी, नम्रता नेपालीले अभिनय गर्नु भएको थियो ।
शिवको मुर्ति शिवधाममा रहेको शिव मन्दिरमा बिधिपूर्वक राखिएको छ ।
कार्यक्रममा मा महिला संजालका अध्यक्ष कमला पौडेल, व्रतालु हरु चन्द्रा खनाल,बेला थापा,झनक खनाल,दमन शाही, मुक्ति पुरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार १३:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *