आफनै छोराले गरे आमाको हत्या, खाडलमा गाडिएको शवको उत्खनन हुदै

sab
तस्वीर गुगलवाट साभार ।

सुर्खेत, ४ भदौ ।
जाजरकोटमा छोराले आमाको हत्या गरेका छन ।
सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जग्गा सम्वन्धी विवाद भएपछि आमाको बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा वताएको प्रहरीले जानकारी दिएको छ ।
साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको वयान खत्रीले दिएपछि घटनानस्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन समेत दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।
शुक्रवार स्थानीय वासिन्दाले दिएको सुचनाको आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत वोहोराले वताउनु भयो ।
उहाँले प्रारम्भिक वयानको क्रममा खत्रीले जग्गा सम्वन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेको जानकारी दिनुभयो ।
साउन २२ गते नै आामाको हत्या गरी खाडल खनेको ठाँउमा विरुवा रोपिएको आशंका प्रहरीले छ ।
खत्रीले दिएको वयानको आधारमा खाडल खनेर उत्खनन गरेपछि मात्रै वास्तविकता वाहिर आउने प्रहरी निरीक्षक वोहोराले उल्लेख गर्नुभयो ।
आमा हराएको भनेपछि गाउँले र प्रहरीले खत्रीमाथी आशंका गदै निगरानी गरेको पनि उहाँले जानकारी दिनुभयो ।
आमाले गत साउन १३÷१४ गते आफनो नाममा जग्गा पास गरेपछि श्रीमतिको उक्साहटमा आएका आमाको हत्या गरेको वयान खत्रीले दिएको प्रहरीको भनाई छ ।
स्थानीयले सुचना दिएपछि शुक्रवार साँझ खत्रीलाई नियन्त्रणमा लिएको छ ।
घटनाको विस्तृत अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा ५ जनाको अनुसन्धान टोली लैकमतर्फ पठाइएको छ ।
जिल्ला प्रंहरी कार्यालयवाट गएको प्रहरी टोली शनिवार दिउसो २ बजेतिर पुग्ने र त्यसपछि खाडलको उत्खनन गरी अनुसन्धान अघि वढाउने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार ०१:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *