
बद्री पन्त
जाजरकोट १०, भदौ ।
मजकोट १, लुहादहकी १५ बर्षीय गीता खड्का ७ दिनसम्म सानो छाप्रोमा एक्लै विताउन वाध्य भइन् । घरदेखि १ सय मीटर टाढा स्थित पानी चुहिने, फोहर, चिसो भुई र ओड्ने ओछ्याउने कपडा समेत नभएकोे छाप्रोमा एक्लै बस्नु खड्काको रहर नभै वाध्यता हो । स्थानीय बासिन्दाले यस छाप्रोलाई छुई बस्ने (महिनावारी भए बस्ने घर) भन्ने गर्दछन् । छाप्रोमा खाट त परै जाओस्, ओछ्यानका नाममा पराल तथा खर र ओड्ने कपडाका नाममा झुत्रो कम्मल बाहेक ह“ुदैन । पहिलो पटक महिनावारी भएकी खडका पहिलो पटक नै छुई बस्ने घर अर्थात छाउगोठम बस्न वाध्य भइन् । उनी मात्र हैन, लुहादह गाउका सबै महिलालाई महिनावारी भएको बेला छाउगोठमा नबसी सुक्कै छैन ।
मजकोट १ र २, लुहादहका ६२ घरपरिवारका महिलाहरु महिनावारी र सुत्केरी हु“दा छाउगोठमा बस्न वाध्य छन् । उनीहरुलाई महिनावारी हु“दा ७ दिन र सुत्केरी हु“दा १८ दिन उक्त छाउगोठमा बस्नु पर्ने वाध्यता छ । उनीहरु अभिभावकले छोडेको खाना छाउगोठ भित्रै बसेर खान्छन् । छाउगोठदेखि बाहिर घुमफिर गर्न पाउदैनन् । धेरै आए छाउगोठको ढोकासम्म आउने गर्दछन् । महिनावारी भएको ७ दिन र सुत्केरी भएको १८ दिन नवित्दा सम्म ती महिलाहरुले अरुलाई छुन र घरको जग तथा भित्ता समेत छुन पाउदैनन् । महिनावारी भएको बेला गोठमा ल्याईदिएको खाना खाने, अरु ब्यक्तिलाई छुने तथा खानेकुरा र घर छुन नमिल्ने स्थानीय मैनकला खड्काले बताईन् । घर भित्र पस्ने र जथाभावी अरुलाई छुने गरेमा देबी देवता रिसाएर शरीर बाङ्गिने, हात खुट्टा सुनिने, विरामी पर्ने, अनिष्ट हुने लगाएत हुन्छ, उनले भनीन् । पुस्तौंदेखिको चलन हो, गाउभर यस्तै चलन छ । सबैको घरमा नछुने बस्ने (महिनावारी र सुत्केरी बस्ने ) एक एक गोठ छन्, उनले भनीन् । गोठ नहुने घरकाले अर्कोमा जाने गर्छन्, खड्काले भनीन् ।
तत्कालीन माओबादी जनयुद्धमा समेत यस रुढीबादी प्रथालाई हटाउन नसकेको माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका स्थानीय कृष्ण केसीले बताए । यस गाउका महिला युद्धमा होमिन तयार भए तर छाउपडी प्रथा हटाउन तयार भएनन्, उनले भने । गाउभर रुढीबादी परम्पराप्रति कट्टर छन् । बृद्धदेखि युवासम्म यो प्रथा त्याक्न मान्दैनन्, केसीले भने । आफ्नो घरपरिवार बाहेकलाई मनाउन सकिएन, उनले भने । का“ग्रेस, एमाले र माओबादी केन्द्र पार्टीका दोश्रो कार्यकारी पदका नेता मजकोटकै छन् । तर लुहादहको रुढीबाढी प्रथाको अन्त्य हुन नसकेको स्थानीय सुरेन्द्र सिंहले बताए । का“ग्रेस जिल्ला उपसभापति सर्पराज रावत, एमाले जिल्ला उपाध्यक्ष बेदबहादुर शाही र माओबादी केन्द्रका जिल्ला उपाध्यक्ष केसी मजकोटकै हुन्, उनले भने । त्यस्तै दर्जनौं संघ संस्था समाज रुपान्तरणका नाममा करोडौं बजेट खर्च गर्दै आएका छन् । लुहादहको यो समस्या भने जिउका तिउ छ, उनले भने ।