परराष्ट्र मन्त्री डा. महतलाई काबुल घटनाका घाइतले किन भेटे ?

सुर्खेत, २१ भदौ । 11219684_1018151398224734_5586590530922590409_n
उचित क्षेतिपूर्ति र उपचारको लाग आवश्यक पहिल गरिदिन कावुल घटनाका घाइतेहरुले परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन ।
मन्त्री महतलाई ज्ञापन पत्र बुझाउदै उनीहरुले क्यानडा सरकारसगँ उचित क्षेतिपूर्ति र लामो समयसम्म उपचारको पहल गरिदिन माग गरेका हुन ।
ज्ञापन पत्र वुझदै परराष्ट्र मन्त्री डा. महतले तत्कालै पहल अघि वढाउने आश्वासन दिएको कावुल घटनामा परी घाइते हुनु भएका सुर्खेतका अमृत रोकाय क्षेत्रीले वताउनु भयो ।
उहाँले आफुहरु क्यानडाको राजदुतावासको सुरक्षाको लागि खटिएको वेला घटनामा परेकोले सम्पूर्ण क्षेतिपुर्ति क्यानडा सरकारले नै व्यहोनु पर्ने उल्लेख गर्नुभयो ।
गत असार ६ गते अफ्गानिस्तानको राजधानी कावुलमा भएको आत्मघाती बम बिस्फोटमा परी १३ नेपाली सुरक्षा गार्ड सहित १५ जनाको मृत्यु भएको थियो ।
घटनामा परी ५ जना नेपाली सुरक्षा गार्ड वाँच्न सफल हुनु भएको थियो ।

प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०९:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *