सुर्खेत, ५ असोज ।
मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले सुर्खेत–बुटवल रात्री बस सेवा संचालन गर्ने भएको छ ।
यही असोज ८ गतेदेखि बस सेवा संचालन गर्न लागेको हो ।
यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सुर्खेत–बुटवल रात्री बस सेवा शुरु गर्न लागिएको संघका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिए ।
सुर्खेतबाट बुटवलका लागि बेलुका ७ बजे र बुटवलबाट सुर्खेतका लागि बेलुका साढे ६ बजे बस छुट्ने बताइएको छ ।