१० बुँदे घोषणा पत्र जारी गदै बैज्ञानिकहरुको सम्मेलन सकियो

IMG_6402सुर्खेत, ९ असोज ।
१० बुँदे घोषणा पत्र जारी गर्दै सुर्खेतको बीरेन्द्रनगरमा राष्ट्रिय बिज्ञान तथा प्रविधि सम्मेलन सकिएको छ ।
दुई दिने सम्मेलनले सन् २०१७ अक्टुबरमा बीरेन्द्रनगरमा बिज्ञान प्रविधि सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ ।
यसैगरी यस क्षेत्रका जलस्रोत, जडिबुडि लगाएत प्राकृतिक स्रोत साधनलाई अधिकतम सदुपयोग गरी आम्दानी बढाउनु पर्नेमा सम्मेलनले जोड दिएको छ ।
बिज्ञान प्रविधिलाई उद्योग धन्दासंग जोडि यसबाट आमनागरिकले बढी भन्दा बढी लाभ लिने सक्ने वातावरण बनाउनु पर्ने भन्दै सम्मेलनले बिज्ञान प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारसंग आग्रह गरेको छ ।
यसैगरी जलबायू परिवर्तनको असरबारे चेतना फैलाउन सरोकारवाला निकायसंग समन्वय गरेर काम गर्ने लगाएतका घोषणा समेत गरिएको सम्मेलन आयोजक समितिका सदस्य कृष्णप्रसाद चपाईले जानकारी दिनुभया े।
बैज्ञानिक एंव प्रविधि सम्बन्धि सयजना बढी बिज्ञहरुको सहभागिता रहेको सम्मेलनमा बिज्ञान एंव प्रविधिसंग सम्बन्धी ५० वटा कार्यपत्रमा छलफल भएको छ ।
मध्यपश्चिम बिश्वबिद्यालय बिज्ञान तथा प्रविधि संकायको आयोजना र बिश्वबिद्यालय अनुदान आयोग तथा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन नाष्टको सहयोगमा सम्मेलन गरिएको हो ।
सम्मेलनकालागि जिल्लास्थित विभिन्न माध्यमिक बिद्यालयहरुले समेत सहयोग गरेका चपाईको भनाई छ ।

प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १३:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *