सुर्खेतको नयाँ प्रहरी प्रमुखमा एसपी मोहन आचार्य

सुर्खेत, १२ असोज ।
सुर्खेत जिल्लाले करिव २ महिनापछि नयाँ प्रहरी प्रमुख पाएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसपी मोहन आचार्य नयाँ प्रहरी प्रमुख हुनु भएको छ ।
मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले क्षेत्रीय प्रहरी कार्याल यमा कार्यरत एसपी आचार्यलाई सुर्खेतको प्रहरी प्रमुखको रुपमा पठाएको बताउनु भयो ।
660015552586e4448bd3db345a5abf45उहाँले जाजरकोटको प्रहरी प्रमुख डिएसपी पनि छिट्टै पठाउने बताउनु भयो ।
एसपी आचार्य बुधवार (आज) जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जिम्मेवारी समाल्न अाउने डिएसपी बहादुरजंग मल्लले जानकारी दिनुभयो ।
तत्कालिन प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठ सरुवा भएपछि सुर्खेत २ महिनादेखि प्रहरी प्रमुख विहिन भएको थियो ।
यस्तै तत्कालिन डिएसपी दानबहादुर मल्ल सरुवा भएर काठमाडौ गएपछि जाजरकोट समेत २ महिनादेखि प्रहरी प्रमुख विहीन छ ।
सुर्खेत दुई महिनादेखि प्रहरी प्रमुख विहिन भएको समाचारहरु यअघि राराखवरले निरन्तर रुपमा सम्पे्रशन गदै आएको थियो ।

प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार ०५:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *